विश्वमा कोरोना संक्रमित संख्या ३ करोड २४ लाख नाघ्यो

काठमाडौँ, ९ असोज । विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड २४ लाख १ हजार ६५६ पुगेको छ । वितेको २४ घण्टामा विश्वमा ३ लाख १४ हजार ७८८ संक्रमित थपिएका छन् ।

त्यस्तै एकैदिन ५ हजार ८७२ जनाले ज्यान गुमाएसँगै विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ लाख ८७ हजार १५६ पुगेको छ ।

शुक्रबार विश्वमा २ करोड ३९ लाख १६ हजार ९४० जनाले कोरोना जितेका छन् । अहिले संक्रिय संक्रमितमध्ये ६३ हजार ३६६ जनाको स्वास्थ्य अवस्था गम्भीर छ भने ७४ लाख ९७ हजार ५६० जनाको अवस्था सामान्य छ । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

अमेरिकामा कोरोना संक्रमितको संख्या ७१ लाख ८५ हजार ४४४ पुगेको छ । एकैदिन ९४२ सहित मृतकको संख्या २ लाख ७ हजार ५३८ पुगेको छ । त्यस्तै भारतमा कोरोना संक्रमितको संख्या ५८ लाख १६ हजार १०३ पुगेको छ । अहलिेसम्म ९२ हजार ३१७ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै तेस्रो धेरै संक्रमित भएको मुलुक ब्राजिलमा एकैदिन ३२ हजार १२९ संक्रमित थपिएका छन् । योसँगै ब्राजिलमा कोरोना संक्रमितको संख्या ४६ लाख ५९ हजार ९०९ पुगेको छ । १ लाख ३९ हजार ८३३ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ बैशाख । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले केही समयदेखि अर्थतन्त्रमा देखिएको शिथिलतामा सुधार आउन थालेकोे बताएका छन् । 

काठमाडौँ, ६ बैशाख । डा. अन्जान शाक्य राष्ट्रियसभा सदस्यमा मनोनीत भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई बिहीबार राष्ट्रियसभा सदस्यमा

काठमाडौँ, ६ बैशाख । नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिममा प्रदेश सरकार निर्माणबारे प्रदेश प्रमुखको भूमिकामाथि प्रश्न उठाएको छ । कांग्रेस

काठमाडौँ, ६ बैशाख । सिंहदरबारस्थित दक्षिण गेट अगाडि विभिन्न प्लेकार्ड बोकेर प्रदर्शन गर्ने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।