नेपाल-चीन सीमा : सहायक प्रजिअसँग स्पष्टीकरण

काठमाडौँ, ९ असोज । हुम्लाको लिमी लाप्चा क्षेत्रमा चीनले भवन बनाएको बारेमा समाचार आएपछि गृह मन्त्रालयले सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमाललाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

मन्त्रालयको निजामती कर्मचारी प्रशासन शाखाको चलानी नम्बर २७९ को अत्यन्त जरुरी पत्रमा तालुकदार निकायलाई खबरै नगरी बोल्नुको कारण माग गरिएको छ ।

सिमानाजस्तो संवेदनशील विषयमा मनलाग्दी स्थलगत भ्रमण गर्ने, सञ्चारमाध्यममा बोल्दै हिँड्ने गरेको भन्दै मन्त्रालयले स्पष्टीकरण सोधेको हो । शाखा अधिकृत लोकमान श्रेष्ठद्वारा हस्ताक्षर गरिएको पत्रमा के, कति कारणले सञ्चारमाध्यममा अभिव्यक्ति दिएको उल्लेख छ ।

हमालले देशलाई अप्ठ्यारो पर्ने गरी कुनै कुरा नबोलेको प्रतिक्रिया दिएका छन् । ‘मैले लिमी उपत्यकाको लाप्चामा गरेको भ्रमणका आधारमा जे जस्तो देखें त्यही भनेको थिएँ’, हमालले भने । चीनले नेपालको सिमाना मिचेको विषयमा खासै विवाद आउने कुनै कुरा नबोलेको उनको भनाइ छ ।

केही दिनअघि स्वास्थ्यसामग्री हस्तान्तरण कार्यक्रममा गएका हमालले चीनको सिमाना हिल्सा र लिमी उपत्यका हुँदै लिमीको लाप्चामा पुगेको बताए । उनले सिमकोट पुगेपछि नेपाली भूभागमा चीनका भवन निर्माण भएको बारेमा विभिन्न सञ्चारमाध्यममा जानकारी दिएका थिए । त्यसपछि प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी नेतृत्वको टोली लिमी उपत्यकाको लाप्चा र हिल्सा क्षेत्रको स्थलगत पुगेको छ । यो समाचार आजको अन्नपूर्ण पाेस्ट दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न समिति गठन गरेको छ ।

काठमाडौँ, १६ चैत । आज राष्ट्रिय सभाको बैठक बस्दै छ । आज दिउँसो सवा एक बजे बैठक सुरु हुनेछ ।

काठमाडौँ, १६ चैत । सत्ता साझेदारीमा सहकार्य गरेका पाँच दलले इलाम–२ र बझाङ–१ (१) को उपनिर्वाचनमा आपसमा प्रतिस्पर्धा गर्ने भएका

काठमाडौँ, १६ चैत । नेपाल दूरसञ्चार प्राधिकरणका लागि ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) प्रणाली जडान गर्न उपकरण तथा परामर्श सेवा