सांगितिक क्षेत्रमा अब्बल बन्दै रीता

काठमाडौँ, ७ असोज । शिवा तामाङ । मेरी छोरी रीता दुवालले मलाई समाजमा पहिचान दिलाएकी छिन्, आमाको लागि सन्तानको कामको माध्यमबाट चिनिन पाउँदा कसलाई गौरव नलाग्ला ? ललितपुर महानगरपालिका चाकुपाटकी रविलक्ष्मी दुवाल प्रश्न गर्नुहुन्छ ।

रीता दुवाल बौद्धिक अपाङ्गता भएकी व्यक्ति हुनुहुन्छ भने नृत्य/मादल बजाउन र सटवल थ्रो खेलमा पारङ्गत पनि ।

रीताको उमेर बढ्दै जाँदा बालबालिकाले सिक्ने÷गर्ने हरेक क्रियाकलाप ज्यादै सुस्त रुपमा गर्न थाल्नुभयो । सामान्य बोलचाल नै करिब नौ वर्षकी उमेरदेखि मात्र गर्न थालेकी रीताको अवस्थाका बारेमा बुझ्दै जाँदा बौद्धिक अपाङ्गता भएकी पाईयो । नातागोता, छरछिमेकीको व्यवहारको कुनै पर्वाह नगरी हामीले छोरीलाई स्पेशल बालबालिकालाई पढाउने स्कुल पठाउन थाल्यौं । उनको रुचि अनुसारको तालिमका लागि पनि प्रेरित गर्न थाल्यौं, रविलक्ष्मी दुवाल भन्नुहुन्छ – रीताले पढाईको साथै नृत्य÷सङ्गीत र खेलकुदमा राम्रो सफलता हासिल गरीन् । विभिन्न प्रतियोगितामा सहभागिताका लैजादा प्रायः पहिलो स्थान नै प्राप्त गर्थिन् । छोरीले अपाङ्गतालाई जितेर आफ्नो कौशल प्रदर्शन गर्न थालेपछि रिताको बाबा÷आमा भनेर हाम्रो परिचय बन्यो । अझैसम्म पनि अपाङ्गता भएका व्यक्तिलाई घरबाहिर नदेखाउने हाम्रो समाजमा उनलाई बाहिरी दुनियाँसँग साक्षात्कार हुने मौका दिँदा क्षमता देखाउन सफल भएकी छिन् अन्यलाई पनि रिताको प्रतिभा÷कोशिस प्रेरणादायक कथा बन्न सक्छ । आफ्नो घरमा अपाङ्गता भएका बालबालिका जन्मिदा निराश नभई उनीहरुको क्षमतालाई चिनेर सिक्ने÷बुझ्ने मौका दिन अन्य अभिभावकलाई मेरो सुझाव छ–दुवालले भन्नुभयो ।

रीता दुवालको वि.स. २०६२ मा ‘एकल नृत्य प्रस्तुती’ कार्यक्रमको आयोजना गरिएको थियो । त्यसबेला उहाँले नौवटा गीतमा कुमारी, शास्त्रीय र आधुनिक गीतलगायतका विभिन्न विधाको नृत्य देखाउनुभयो । साथै मादल बजाउन पनि उहाँ सिपालु हुनुहुन्छ ।

नृत्य र खेलकुदका लागि उहाँले नेपालका विभिन्न सहरमात्र होइन, चीन/भारतसम्म पुगेर आफ्नो प्रतिभा प्रदर्शन गरेर थुप्रै पुरस्कार, पदक, प्रसंसापत्र र कदरपत्र प्राप्त गर्नुभएको छ ।

बौद्धिक अपाङ्ग महासङ्घको नेतृत्व गर्नुहुने धादिङ निलकण्ठ नगरपालिका–३ का शिव श्रेष्ठले पनि आफुलाई शिक्षा र नेतृत्वदायी तालिमसँग जोड्दै अब्बल सावित गर्नुभएको छ । जन्मेको तीन वर्षपछि मात्र पाइला सार्न थाल्नुभएका श्रेष्ठले अपाङ्गता अधिकार सम्वन्धी तालिमका लागि लण्डन जाने मौका मिल्यो । यस अवसरपछि उहाँको परिवारले समाजमा झेल्दै आएको अपहेलना सम्मानमा बदलिएको अनुभव सुनाउनुभयो ।

अन्य बालबालिका सरह हिड्ने/बोल्ने पढ्ने/लेख्ने काम सुस्त सिक्दै जाँदा श्रेष्ठको परिवारले समाजबाट सकारात्मक व्यवहार नपाएपनि समय अनुसार मेहनत/लगन र परिवारको सहयोगले प्राप्त सफलताले जीवनमा खुसी ल्याएको बौद्धिक अपाङ्ग महासङ्घका अध्यक्ष शिव श्रेष्ठ बताउनुहुन्छ । उहाँले परिवारको साथ/सहयोग र बौद्धिक अपाङ्गता भएका व्यक्ति स्वयमले पनि परिश्रममा विश्वास गर्ने हो भने हामी समाजका बोझ होइनौं, पथ प्रदर्शक बन्न सक्छौं, उहाँ भन्नुहुन्छ । हाल म सङ्घको माध्यमबाट विशेष गरी अपाङ्गता भएका व्यक्तिको हक अधिकार, सिप, नेतृत्व कौशल वृद्धिका लागि पहल गरिरहेको छु, यसबाट अन्य बौद्धिक अपाङ्गता भएका व्यक्तिलाई प्रेरित र आत्मनिर्भर बन्ने बाटो देखाउन सकौं, श्रेष्ठ बताउनुहुन्छ ।

साथै बौद्धिक भएका व्यक्तिलाई सरकारले क्षमता अनुसारको काम दिलाए कमाएर आफ्नो परिवारको सहारा बन्ने अध्यक्ष श्रेष्ठ दावी गर्नुहुन्छ ।

रीता र शिव जस्तै अन्य बौद्धिक अपाङ्गता भएका बालबालिकाले मौका पाउने हो भने अभिभावक, समाज र राष्ट्रलाई नै गौरव लाग्ने काम गर्न सक्नेछन् । यसका लागि अभिभावक, समाज र सरकारले सकारात्मक सहयोग गर्नुपर्ने अपाङ्गता अधिकारकर्मीहरु बताउँछन् ।

बौद्धिक अपाङ्ता भएका व्यक्तिहरुका अभिभावक सङ्घका अध्यक्ष राजु बस्नेतले बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुमा पनि अन्य मानिसको जस्तै व्यक्तिपिच्छे फरक क्षमता हुन्छ, त्यसलाई चिनेर शसक्तिकरणका लागि तालिम, सिप सिकाएर प्रेरित गर्न सकिने बताउनुहुन्छ ।

बौद्धिक अपाङ्गता भएका बालबालिका तथा व्यक्तिले हरेक कुरा ढिलो सिक्ने र छिटो विर्सने समस्या भएपनि सिक्नका लागि उत्साहित र सहयोग भने जारी राख्नुपर्ने अध्यक्ष बस्नेतको भनाई छ । साथै उनीहरुको अवस्था अनुसार राज्यले निलो/पहेंलो कार्डको व्यवस्था गरेको जानकारी दिंदै उनीहरुलाई खेलकुद, सङ्गीतलगायत क्षमता अनुसारको दक्षता हासिल गर्न, समाजमा घुलमिल र सङ्घर्षबारे बुझ्ने मौका दिन सबै अभिभावकलाई उहाँ आग्रह गर्नुभयो ।

वि.स. २०६८ को जनगणना अनुसार नेपालमा चौध हजार आठसय ८८ जना बौद्धिक अपाङ्गता भएका व्यक्तिहरु छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग, सभामुखलाई विपक्षी बनाएर दायर गरेको रिट निवेदनमाथि आज सुनुवाइका

काठमाडौँ, ४ असोज । नेकपा एमाले स्थायी कमिटी बैठक पनि बस्ने भएको छ । एमाले संसदीय दलका सचेतक विशाल भट्टराईका

काठमाडौँ, ४ असोज । यो वर्ष सरकारले ९ सय ३ जनालाई विभिन्न मानपदवी, अलङ्कार र विभूषणबाट सम्मान गर्ने भएको छ ।

काठमाडौँ, ४ असोज । बाढी पहिरोबाट क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माणको कामलाई तत्काल अगाडि बढाउन सरकारले एक अर्ब रुपियाँ उपलब्ध गराएको

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021