अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षा भत्ता कटौति हुँदैन: मन्त्री गुरुङ

काठमाडौँ, ८ असोज । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीपार्वत गुरुङले अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षा भत्ता कटौति नहुने बताउनु भएको छ ।

राष्ट्रिय अपाङ्ग महासंघ–नेपालले आज आयोजना गरेको ‘अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धि नियमावली–२०७७’ सम्बन्धि भर्चुअल बैठकमा बोल्दै उहाँले अपांगता भएकाव्यक्ति, ज्येष्ठ नागरिकलगायतका सामाजिक सुरक्षा भत्ता कहीँ कतै कटौति भएको भए त्यसलाई वितरण गर्न पुनः गृह, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग समन्वय गरेर अघि बढने पनि स्पष्ट पार्नुभयो । केही गाउँपालिकाहरुमा अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षा भत्ता कटौति भएको गुनासो आईरहेका बेला मन्त्री गुरुङले त्यसो हुन नदिने बताउनुभयो ।

मन्त्री गुरुङले भन्नुभयो, ‘सामाजिक सुरक्षा भत्ता कटौतिलगायतका विषय अन्तर मन्त्रालयसँग सम्बन्धित हुन्छ, केही समस्या देखिए ती मन्त्रालयहरुसँग आवश्यक समन्वय गरेर अपाङ्गता भएका व्यक्तिहरुको सामाजिक सुरक्षा भत्ता पुनः वितरण गर्ने व्यवस्था मिलाईनेछ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, ४ असोज । भक्तपुर जिल्लाको पुरानोमध्येको विद्यालय सरस्वती विद्यागृह माविको पूर्वविद्यार्थी समूह-२०४२ र लायन्स क्लव अफ अव्वल भ्याली तथा

काभ्रे, ४ असोज । यहाँका चार स्थानीय तह कोरोना सङ्क्रमणमुक्त भएका छन् । एक नगर र तीन गाउँपालिका कोरोना सङ्क्रमणमुक्त

काठमाडौँ, ४ असोज । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमबारदेखि निरन्तर ११ दिनसम्म कोरोनाविरुद्धको खोप भेरोसेलको पहिलो मात्रा लगाउने भएको छ

काठमाडौँ, ४ असोज । आज बिहान सुदूरपश्चिम प्रदेश तथा बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021