मन्त्रिपरिषद् बैठक बस्दै: कोभिड-१९ सँग सम्बन्धित नयाँ निर्णय हुन सक्ने

काठमाडौँ, ८ असोज । बिहीबार साँझ मन्त्रिपरिषद् बैठक बस्दैछ ।

बैठक साँझ ५ बजेलाई बोलाइएको सरकारका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो ।

मन्त्री ज्ञवालीका अनुसार बिहीबारको मन्त्रिपरिषद् नियमित भएकाले मन्त्रालयगत एजेण्डामा छलफल हुनेछ । मन्त्री ज्ञवालीले भन्नुभयो, ‘आजको नियमित बैठक हो । नियमित बैठकमा मन्त्रालयगत एजेण्डाहरुमा छलफल र निर्णय हुनेगर्छ । त्यसमा पनि आज स्वास्थ्य मन्त्रालयको प्रस्तावमा कोभिड-१९ सँग सम्बन्धित नयाँ केही निर्णयहरु हुन सक्छन् ।’

स्वास्थ्य मन्त्रालयले सक्रिय संक्रमितको संख्या २५ हजार पुगेपछि लकडाउन गर्न गरेको सिफारिसका बारेमा केही निर्णय हुन्छ कि भन्ने प्रश्नमा उनले भने, ‘देशभर त अब लकडाउन हुन्न तर संक्रमितको अवस्था हेरिकन आवश्यकता अनुसार निर्णयहरु हुन सक्छन् ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ कार्तिक । बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल कोरोनामुक्त हुनुभएको छ । प्रादेशिक प्रयोगशाला धुलिखेलमा शनिबार गरिएको पुनः परीक्षणमा

काठमाडौँ, १५ कार्तिक । शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले अबको एक महिना भित्र नुवाकोटको बञ्चरे डाँडा ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापन

काठमाडौँ, १५ कार्तिक । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ

काठमाडौँ, १५ कार्तिक । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र नेपाल विद्युत् प्राधिकरणले राष्ट्रिय प्रसारण लाइनको पहुँचबाट टाढा रहेका स्थानमा निर्माण