चीनसँगको सीमा विवादबारे गृह मन्त्रालयले माग्यो चौबीस घण्टे स्पष्टिकरण

काठमाडौँ, ८ असोज । नेपाली भूमिमा चिनियाँ पक्षले भवन बनाएको बिषयलाई लिएर गृह मन्त्रालयले हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी हमाललाई चौबीस घण्टे स्पष्टिकरण सोधेको छ ।

केही साताअघि जनप्रतिनिधिहसँग लाप्चामा पुगेर फिर्ता भएका सहायक प्रजिअ दत्तराज हमालले जनप्रतिनिधिहरु र स्थानीय बासिन्दाको भनाइलाई आधार मानेर चीनले नेपाली भूमिमा भवन बनाएको हुन सक्ने आशयको प्रतिवेदन जिल्लामा पेश गरेको भन्दै गृह मन्त्रालयले हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी हमाललाई चौबीस घण्टे स्पष्टिकरण सोधेको छ ।

यही प्रतिवेदनका आधारमा मन्त्रालयले प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीको नेतृत्वमा सुरक्षा समितिको टोलीलाई यसबारेमा सत्यतत्थ्य बुझ्न र सीमा स्तम्भको बारेमा अनुगमन गर्न लाप्चा खटाएको थियो ।

सहायक प्रजिअ हमालले सीमा विवादकै विषयमा चौबीस घण्टे स्पष्टिकरण मन्त्रालयले सोधेको बताउनुभयो । प्रजिअको टोली स्थलगत भ्रमणबाट फर्किसकेको छैन ।

हराएको भनिएको नेपाल-चीन सीमा छुट्याउने ११ नम्बर पिल्लर भेटियो

लामो समयदेखि हराएको भनिएको नेपाल–चीन सीमा छुट्याउने ११ नम्बर सीमास्तम्भ भेटिएको छ । नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाका अनुसार हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीको नेतृत्वमा गएको टोलीले बुधबार स्तम्भ भेट्टाएको हो ।

सीमामा पर्ने लाप्चा क्षेत्रमा चिनियाँ पक्षले एकतर्फी रुपमा ९ वटा भवन बनाएको सार्वजनिक भएपछि सो भूमिको निर्क्यौल गर्न नेपाली पक्षले पिल्लरको खोजीलाई तीव्र बनाएको थियो । अध्यक्ष लामाका अनुसार सीमास्तम्भ नाम्खा गाउँपालिका–६ को टाकुलेमा हिउँ र माटोले पुरिएको अवस्थामा स्तम्भ भेटिएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग, सभामुखलाई विपक्षी बनाएर दायर गरेको रिट निवेदनमाथि आज सुनुवाइका

काठमाडौँ, ४ असोज । नेकपा एमाले स्थायी कमिटी बैठक पनि बस्ने भएको छ । एमाले संसदीय दलका सचेतक विशाल भट्टराईका

काठमाडौँ, ४ असोज । यो वर्ष सरकारले ९ सय ३ जनालाई विभिन्न मानपदवी, अलङ्कार र विभूषणबाट सम्मान गर्ने भएको छ ।

काठमाडौँ, ४ असोज । बाढी पहिरोबाट क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माणको कामलाई तत्काल अगाडि बढाउन सरकारले एक अर्ब रुपियाँ उपलब्ध गराएको

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021