विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड नाघ्यो

एजेन्सी, ८ असाेज । विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड नाघेको छ ।

विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार कोरोना संक्रमितको संख्या ३ करोड ८३ हजार ५ सय ९५ पुगेको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या भने ९ लाख ८१  हजार २ सय ४४ पुगेको छ ।

मृत्यु दर र सङ्क्रमित दर बढिरहेसँगै निकाे हुने दर पनि बढिरहेकाे छ । अहिलेसम्म कुल सङ्क्रमितमध्ये २ कराेड ३६ लाख ६७ हजार ४ सय २५ जना भने उपचारपछि घर फर्किएका छन् ।

पछिल्लाे २४ घण्टामा मात्रै विश्वभर ३ लाख १३ हजार ५ सय २४ नयाँ संक्रमित भेटिएका छन् भने ६ हजार २ सय ८९ जनाकाे मृत्यु भएकाे छ । त्यस्तै पछिल्लाे २४ घण्टामा २ लाख ७८ हजार उपचारपछि घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ कार्तिक । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १३५७ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौँ, १५ कार्तिक । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ

काठमाडौँ, १५ कार्तिक । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आफु प्लाज्मा दान गर्न तयार रहेको बताएका छन् । उनले कोरोना

काठमाडौँ, १५ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भागृ संगठन नेपाल विद्यार्थी सङ्घले देहरादून घटनामा घाइते विद्यार्थीलाई तत्काल उद्धार