कोरोना संक्रमणबाट भारतीय राज्यमन्त्रीको मृत्यु

एजेन्सी, ८ असाेज । भारतका केन्द्रीय रेल राज्यमन्त्री सुरेश अंगडीको कोरोना संक्रमणबाट निधन भएको भएको छ ।

६५ वर्षीय मन्त्री अंगडीको बुधबार निधन भएको हो । मन्त्री अंगडीलाई ११ सेप्टेम्बरमा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पोजेटिभ देखिएलगत्तै दिल्लीस्थित एम्स अस्पतालमा भर्ना भएका थिए ।

उनको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख प्रकट गरेका छन् । उनले बुधबार ट्वीटरमार्फत भनेका छन्ः ‘सुरेश अंगडी भाजपाका एक प्रतिबद्ध कार्यकर्ता थिए । उनले कर्नाटकमा पार्टीलाई मजबुत बनाउन कडा मिहेनत गरेका थिए । उनी एक समर्पित सांसद मात्र थिएनन् एक प्रभावशाली मन्त्री समेत थिए । उनको निधनको खबर निकै दुःखदायी छ । यस दुःखको घडीमा म उनका परिवारप्रति समवेदना दिँदै उहाँहरुको साथमै रहेको जानकारी गराउन चाहान्छु । ओम शान्ति ।’

मन्त्री अंगडी कर्नाटकको बेलगाउँबाट १७ औं लोकसभामा निर्वाचिन भएका थिए । उनलाई प्रधानमन्त्री मोदीले रेल राज्यमन्त्रीको जिम्मेवारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । सरकारले घोषणा गरेका समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुगेको छ ।   भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण

काठमाडौँ, १५ चैत । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र नेपालका लागि फिनल्याण्डका राजदूत रिना रिक्का हेक्काबीच

काठमाडौँ, १५ चैत । अर्थमन्त्री वर्षमान पुन र नेपालका लागि बेलायतका राजदूत रब फेनबीच भेटवार्ता भएको छ । आज राजदूत फेनले

काठमाडौँ, १५ चैत । बुढानीलकण्ठ स्कुलको प्रचार गरेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठको आलोचना भएको छ ।