आईपीएलमा मुम्बईको पहिलो जित

काठमाडौँ, ८ असोज । इन्डियन प्रिमियर लिग आइपीएल २०२० मा मुम्बई इन्डियन्सले पहिलो जित हात पारेको छ ।

उदघाटन खेलमै साविक उपविजेता चेन्नाई सुपर किंग्ससंग पराजित भएको मुम्बईले आफ्नो दोस्रो खेलमा कोलकाता नाइट राइडर्सलाई ४९ रनले पराजित गरेको हो ।

युएईमा मुम्बईले आइपीएलमा पहिलो खेल जितेको हो । यसअघि सन् २०१४ मा युएईमा आइपीएल हुँदा मुम्बईले ५ खेल हारेको थियो । जितपछि २ खेलबाट २ अंक जोडेको मुम्बई राम्रो रनरेटसहित अंक तालिकामा शीर्ष स्थानमा उक्लेको छ ।

कोलकाताले भने सन् २०१३ पछि आइपीएलमा आफ्नो पहिलो खेल हारबाट सुरुवात गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असाेज । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी स्वदेश फर्किएका छन् । उनी केहीबेर अघिमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय

काठमाडौँ, १० असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौँ क्षेत्र नं.-३ मा युवा नेताहरूले सर्वसम्मतिका नाममा नेतृत्व चयन गर्ने प्रयासको

सिन्धुली, १० असोज। नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनअन्तर्गत सिन्धुली क्षेत्र नं. १ बाट खस आर्य तर्फ प्रदेश महाधिवेशन प्रतिनिधि पदमा

काठमाडौँ, १० असोज । परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकहरूको विश्व आर्थिक शासन व्यवस्थामा आवाज र प्रतिनिधित्व बढाउने गरी अन्तर्राष्ट्रिय वित्तीय संरचनामा