‘विकासलाई विनास देख्ने दोषी चस्मा’ लगाउनेको तथ्यहिन र भ्रामक आरोप, हिम्मत भए प्रमाणीत गरुन्ः सूनपा

भक्तपुर, ७ असोज । सूर्यविनायक नगरपालिकाको आफ्नो सुविधा सम्पन्न तथा आधुनिक आफ्नै भवनको निर्माणको क्रममा रहेको छ । कटुञ्जमा महेन्द्र निम्न माध्यमिक विद्यालय रहेको स्थानमा अहिले नगरपालिकाको आफ्नै सुविधा सम्पन्न भवन निर्माणको क्रममा रहेको छ । रु २० करोड ३४ लाखको लागतमा नगरपालिकाको वडा नं. ५ कटुञ्जे स्थित सार्वजनिक जग्गा (महेन्द्र निम्न माध्यमिक विद्यालय रहेको स्थानमा) ७ रोपनी जग्गामा सुरु गरिएको दुई तल्ले अण्डरग्राउण्ड, लिफ्ट, आफ्नै सभाहललगायतका सुविधासहितको आधुनिक भवन आगामी तीन वर्ष भित्रमा निर्माण सम्पन्न गर्ने गरी तिव्र गतिका साथ निर्माण कार्य सुरु गरिएको हो ।

वर्तमान निर्वाचित जनप्रतिनिधिले नगरपालिकाको भवनका साथै १० वटै वडामा वडा कार्यालय बनाउने प्रकृया अघि बढाएको नगरपालिकाले जनाएको छ । तिव्र जनसंख्या वृद्धिदरसँगै स्थानीवासीको नगरपालिकामा सेवाग्राहीको चाप बढ्दै गएकाले दुई तल्ला अण्डर पार्किङ सहितको सुविधा सम्पन्न भवन निर्माणको क्रममा रहेको नगरपालिकाले जनाएको छ ।

यसै क्रममा केही राजनीतिक तथा व्यक्तिगत स्वार्थ बोक्ने अराजक तत्व, सार्वजनिक जग्गामा हालिमुहाली गर्ने तथा अनियमितता गर्नेहरुले नगरपालिकाका प्रमुख बाशुदेव थापा तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले माटो, गिटी, ढुङ्गा, वालुवालगायतका बेची करोडौं अनियमिता गरेको भनि केही मिडियालाई केही न केही प्रलोभनमा पारी झुटा तथा भ्रामक समाचार संप्रेषण गरेको भन्दै नगरपालिकाले कडा रुपमा खण्डन गरेको छ ।

उक्त आरोपको खण्डन गर्दै नगरप्रमुख थापाले विरोध गर्न मात्र जन्मिएका मानिसले तथ्यहिन आरोप लगाउने प्रयास गरेको भन्दै हिम्मत भए प्रमाणीत गर्न चुनौति दिनुभएको छ । आरोप प्रमाणीत गरे कानुन अनुसार जस्तो सुकै सजाय भोग्न समेत आफु तयार रहेको उल्लेख गर्दै उहाँले व्यक्तिगत स्वतन्त्रता छ भन्दैमा कसैको मान मर्यादा तथा प्रतिष्ठामा आँच आउने गतिविधि गर्न कसैलाई छुट नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘रिसिवीको आधारमा केही व्यक्तिहरुले उक्त स्थानमा माटो, ढुङ्गा, गिटी, वालुवालगायतको बेची अनियमितता गरेको भनि जनतामा भ्रम फैलाउने घृणीत कुचेष्ठा गरेका छन् तर स्थानीय जनता भ्रममा पर्नेवाला छैनन् । नगरपालिका क्षेत्रमा नगरपालिका, प्रदेश तथा संघिय सरकारबाट प्राप्त बजेटबाट भएका कामहरु छर्लङ्ग छन्, खुल्ला कितावका पाना जस्तै हुन् । केही समय झुटा आरोप लगाई चर्चामा आउनेको खेती लामो हुँदैन । जनताले दुधको दुध, पानीको पानी छुट्याउनेछन् । त्यसपछि आफै लुकेर हिड्ने दिन आउँछ ।’

भवन निर्माणको पारदर्शितामा शतप्रतिशत हुने प्रमुख थापाले आरोप हास्यास्पद भएको बताउनुभयो । सार्वजनिक ठाउँको लाभ लिने, जग्गा मिच्ने, आफ्नो कब्जामा लिन खोज्नेहरुले उक्त भवनको यो वा त्यो बहानामा विरोध गरेको उल्लेख गर्दै उक्त स्थानबाट निस्किएको ढुङ्गा, माटो सडक निर्माणको क्रममा सोही स्थान तथा बाँकी रहेको नगरपालिकाका १० वटै वडाहरुमा निर्माणको क्रममा रहेका सडक तथा ढलहरुमा प्रयोग गरिएको जानकारी दिनुभयो ।

केही व्यक्तिलाई विरोध गर्न मात्र नेपाल आमाले जन्माएको भन्दै आक्रोस व्यक्त गर्दै उहाँले नगरपालिकाको विकास निर्माणका आयोजनामा प्रतिनिधिसभाका सांसद महेश बस्नेतलाई जोड्नु भ्रामक तथा गैरजिम्मेवारीको परकाष्ट भएको समेत स्पष्ट पार्नुभयो । सांसद वस्नेत संघिय जनप्रतिनिधि भएकाले उहाँलाई नगरपालिकाको आयोजनामा जोड्नु लज्जास्पद भएको उल्लेख गर्दै प्रमुख थापाले चुनाव नजिकिँदै गरेकाले राजनीतिक प्रोपोगाण्डा मच्चाउन तथ्यहिन आरोपमा नलगाउन समेत चेतावनी दिनुभयो ।

नेपाल सरकारको नीति नै प्रत्येक नगरपालिका तथा वडा कार्यालयको आफ्नै भवन हुनुपर्ने भएको उल्लेख गर्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवाली सोही अनुसार निर्माणको क्रममा रहेको जानकारी गराउनुभयो । नगरपालिका हाल भाडाको साघुरो भवनमा वसिरहेको र जनताको आवश्यकता र चाहनालाई पुरा गर्न उक्त भवनबाट गरिरहेको सेवा प्रवाहले जनमुखी नभईरहेकाले तत्कालै नगरपालिकाको आफ्नै सुविधा सम्पन्न भवन आवश्यकता रहेका औल्याउनुभयो । नगरपालिकाको आफ्नै भवन वन्नु भनेको जनताको लागि अत्यन्त अवसरको पनि अवसर भएको उल्लेख गर्दै उहाँले जनताले चाँडो भन्दा चाँडो नगरपालिकाको भवन निर्माण सम्पन्न गर्न आग्रह गरिरहेको समेत जानकारी गराउनुभयो ।

पूर्वाग्रहको आधारमा नगरपालिकाले निर्माण गरिरहेको भवनमा चाहिने–नचाहिने आरोप लगाएको प्रति आक्रोस व्यक्त गर्दै वडा नं. ५ का वडाध्यक्ष राजकुमार जोशी सूर्यविनायक नगरपालिकाका जनताको चोसो र अत्याधिक आवश्यकताको विषयलाई यो वा त्यो झुटा कुराहरु गरी जनतामा भ्रम पार्ने गलत नियतका गतिविधि तथा अभिव्यक्ति नदिने समेत सचेत गराउनुभयो ।

विकासलाई विनास देख्ने दोषी चस्मालाई जनताले प्रत्यक्ष रुपमा निगरानी गरिरहेको उल्लेख गर्दै उहाँले नगरपालिकाको वडा नं. ५ मा विकास र समृद्धिका चारै तर्फका ढोकाहरु खुलेको मात्र नभई जनताको तिव्र विकास प्रतिको चाहना पुरा हुँदै गएको मात्र नभई भाग्य र भविष्यको समेत निर्धारण भइरहेको स्पष्ट पार्नुभयो ।

वडा नं. ७ का वडाध्यक्ष तथा नगरपालिकाको पूर्वाधार समितिका संयोजक रविन्द्र सापकोटाले नगरपालिकाको भवन निर्माणको क्रममा आफ्नो स्वार्थका लागि कुद्ने केही तत्वहरुले विरोध गरेको बताउनुभयो । नगरवासीको मागलाई सम्बोधन गर्ने क्रममा नगरपालिका दृढताका साथ लागि परिरहेको उल्लेख गर्दै उहाँले विरोध तथा आफु क्षणीक चर्चा कमाउनको झुटा तथा भ्रामक बहानामा जनताको भविष्यमाथि खेलवाड गर्ने छुट कसैलाई नभएको आक्रोस व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पोखरा, १० कार्तिक । गण्डकी प्रदेशमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट

पोखरा, १० कार्तिक । गण्डकी प्रदेशमा थप १०१ जनामा कोरोना पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा थप

काठमाडौँ, १० कार्तिक । नेपाल राष्ट्र बैंकले आज सोमबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ । Exchange Rate for

काठमाडौँ, १० कार्तिक । आज दशैंको टीकाको दिन देशभर मौसम सफा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।