देशभर कोरोना संक्रमित प्रहरीको संख्या ३९ सय नाघ्यो

काठमाडौँ, ७ असोज । नेपाल प्रहरीमा कोरोना संक्रमितको संख्या ३९ सय १२ पुगेको छ । जसमध्ये १९ सय ३ जना सक्रिय संक्रमित छन् । तीमध्ये २३ जना डिस्चार्ज भएका छन् ।

काठमाडौं उपत्यकामा मात्रै एक हजार २७ प्रहरी कोरोनाका सक्रिय संक्रमित छन् । प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार काठमडौंस्थित प्रहरी प्रधान कार्यालयमा कार्यरत २८९ जना संक्रमित छन् भने काठमाडौं उपत्यकामा ७ सय ३८ जना सक्रिय संक्रमित छन् ।

यस्तै प्रदेश १ मा १६८ जना सक्रिय संक्रमित छन् । प्रदेश २ मा १७२ जना, वाग्मती प्रदेशमा १२९ जना, गण्डकी प्रदेशमा १५१ जना, प्रदेश ५ मा १३९ जना, कर्णाली प्रदेशमा ५४ जना र सुदूरपश्चिम प्रदेशमा ६९ जना सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ कार्तिक । ब्राजिलले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध चिनियाँ खोपको प्रयोग गर्ने निर्णय गरेको छ । ब्राजिलको साओ पाउलोका

काठमाडौँ, ५ कार्तिक । पछिल्लो २४ घण्टामा भारतमा ४६ हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसगै भारतमा संक्रमितको संख्या

काठमाडौँ, ४ कार्तिक । अमेरिकाको होमरमा अलास्का नजिक ७।३ रेक्टरको भूकम्प गएको छ । भूकम्पपछि सुनामी आउने चेतावनी जारी गरिएको

काठमाडौँ, ४ कार्तिक  । विश्वमा कोरोनामुक्त हुनेको संख्या ३ करोड नाघेको छ । अहिलेसम्म ४ करोड ६ लाखमा कोरोना पुष्टि भएकोमा