आईपीएलमा राजस्थान रोयल्स विजयी

काठमाडौँ, ७ असोज । इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सले विजयी सुरुवात गरेको छ ।

यूएईको सारजाह क्रिकेट मैदानमा भएको खेलमा राजस्थानले चेन्नेई सुपर किंग्सलाई १६ रनले हराएको हो ।

टस हारेर पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १६ रन बनाउँदै १६ रनले विजयी भएको हो । राजस्थानका लागि सन्जु सेमसनले ७४ रनले बनाएका छन् । यस्तै स्टेभेन स्मीथले ६९ र जोफार आर्चरले २७ रन बनाए ।

जितसँगै राजस्थानले २ अंक जोडेको छ । चेन्नईले भने पहिलो हार व्यहोरेको छ । पहिलो खेलमा चेन्नईले साविकको विजेता मुम्बई इन्डियन्सलाई ५ विकेटले हराएको थियो

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । आयरल्यान्ड ‘ए’ ले पहिलो टी–२० क्रिकेटमा घरेलु टोली नेपाललाई जितका लागि दुई सय २३ रनको विशाल

काठमाडौँ, १५ चैत । नेपाल ‘ए’ क्रिकेट टिमले आज आयरल्यान्ड वुल्भ्सविरुद्ध टी-२० सिरिजको पहिलो खेल खेल्दै छ । टियु मैदानमा हुने

काठमाडौँ, १४ चैत । नेपालको महिला राष्ट्रिय क्रिकेट टोलीले एसीसी महिला एसिया कप खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)

काठमाडौँ, १३ चैत । आयरल्यान्ड वुल्भ्सविरुद्ध दोस्रो ट्वान्टी–२० खेल नेपालले ७१ रनले जितेको छ । योसँगै नेपाली सिनियर टिमले आयरल्यान्ड