विप्लव समुहका ८ जना नेता कार्यकर्ताले पाए सफाई

कञ्चनपुर, ६ असोज । विप्लव समुह कञ्चनपुरका उपद्रोप अपराधिक मुद्दा लागेका ८ जना नेकपा विप्लव कञ्चनपुरका नेता कार्यकर्ताले सफाई पाएका छन् । उनीहरुलाई घटनामा संलग्न नभएको भन्दै निर्दोष ठहर गरेको हो ।

१८ जना नेता कार्यकर्ताविरुद्ध दायर भएको उपद्रोप अपराधिक मुद्दाको फैसला भएको छ । झण्डै १८ महिनापछि जिल्ला आदालत कञ्चनपुरले उपद्रोप अपराधिक मुद्दाको फैसला गरेको हो । जिल्ला आदालतका न्यायाधीश शिवलाल पाण्डेयको एकल इजलासले सोमबार गरेको फैसलाबाट ८ जनाले सफाई पाएका हुन् । अदालत कञ्चनपुरका श्रेस्तेदार यदुनाथ शर्माका अनुसार सफाई पाउनेमा लक्ष्मण बडूवाल, रामदत्त भट्ट, रघुवीर जोशी, मान बहादुर विष्ट, देविदत्त पाण्डेय, भुवन कुँवर, प्रकाश जप्रेल र बन्धन चौधरीले सफाई पाएका हुन् । त्यस्तै, बाँकी १० जनाको हकमा भने आदालतले मुतबीमा राखेको छ ।

अज्ञात समूहले ०७५ फागुन/चैततिर कृष्णपुर, बेदकोट र शुक्लफाँटा नगरपालिका क्षेत्रमा एक एनसेलको टावर, स्काभेटर र क्रसर उद्योगको स्काभेटर आगजनी गरेको आरोपमा नेकपा विप्लवका नेता कार्यकर्तामाथि मुद्दा लगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ वैशाख । नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । बुधबार सम्पन्न पार्टीको सचिवालय बैठकले आगामी दशौँ राष्ट्रिय महाधिवेशनबारे

काठमाडौँ, ७ वैशाख । दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधिका उपकरण खरिद प्रकरणमा पूर्वसचिव धनराज ज्ञवाली पनि तानिएका छन् । २०८० साउनमा

काठमाडौँ, ७ वैशाख । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले तीन जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ । बढुवा हुनेमा लोक सेवा

काठमाडौँ, ६ बैशाख । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले केही समयदेखि अर्थतन्त्रमा देखिएको शिथिलतामा सुधार आउन थालेकोे बताएका छन् ।