नेकपाको निर्णय: मन्त्रिपरिषद पुनर्गठनको जिम्मा प्रधानमन्त्रीलाई

काठमाडौँ, ६ असोज । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले मन्त्रिपरिषद पुगर्नठनको जिम्मा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज सम्पन्न सचिवलाय बैठकले स्थायी कमिटीको निर्णय कार्यान्वयनको सन्दर्भमा आवश्यक परामर्श गरी सरकारको कामलाई अझै प्रभावकारी बनाउन चाँडो भन्दा चाँडो मन्त्रिपरिषद पुनर्गठन गर्न अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीलाई जिम्मा दिएको हो ।  प्रवक्ता नारायणकाजी श्रेष्ठले दिनुभएको जानकारी अनुसार बैठकमा मन्त्रिपरिषद पुनर्गठनको बिषयमा सवै सदस्यले आवश्यक सुझाव दिनुभएको छ ।

‘स्थायी कमिटीको निर्णय कार्यान्वयनको सन्दर्भमा सचिवालयमा महत्वपुर्ण सुझाव दिइएको छ, त्यसकै आधारमा प्रधानमन्त्रीले मन्त्रिपरिषद पुनर्गठन गर्नुहुनेछ,’ बैठकपछि प्रवक्ता श्रेष्ठले भन्नुभयो ।

सचिवालय बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष ओलीले मन्त्रिपरिषद पुनर्गठनको बिभिन्न बिकल्प राखेर सुझाव माग्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ कार्तिक । बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल कोरोनामुक्त हुनुभएको छ । प्रादेशिक प्रयोगशाला धुलिखेलमा शनिबार गरिएको पुनः परीक्षणमा

काठमाडौँ, १५ कार्तिक । शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले अबको एक महिना भित्र नुवाकोटको बञ्चरे डाँडा ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापन

काठमाडौँ, १५ कार्तिक । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ

काठमाडौँ, १५ कार्तिक । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र नेपाल विद्युत् प्राधिकरणले राष्ट्रिय प्रसारण लाइनको पहुँचबाट टाढा रहेका स्थानमा निर्माण