अब दोहा, कुवेत र रियादमा पनि नियमित उडान हुने

काठमाडौँ, ६ असोज । दोहा, कुवेत र रियादमा पनि नियमित अक्टुबर १ देखि नियमित हवाई उडान हुने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले दोहा, कुवेत र रियादमा नियमित उडान हुने जानकारी दिएका हुन् । हाल यी मुलुकमा चार्टर उडान मात्रै हुँदै आएको छ ।

नागरिक उड्डयन प्राधिकरणले अक्टुबर १ देखि २४ तारिखसम्मका लागि नियमित उडान तालिका सार्वजनिक गरेको छ ।  उक्त उडान तालिकामा दोहा, रियाद, कुवेत पनि समेटिएको छ । दोहामा नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले उडान गर्ने छन् । यस्तै रियाद हिमालय एयरलाइन्सले नियमित उडान गर्नेछ । प्राधिकरणले अक्टुबर २४ तारिखसम्मका लागि सार्वजनिक गरेको तालिकाअनुसार १ सय ९ वटा नियमित उडान हुनेछन् ।

एयर अरेबिया (सातामा ७ उडान), एयर चाइना (१), क्याथे ड्रागन (१), चाइना साउर्थन (१), फ्लाइ दुबई (७) को उडान तालिका स्वीकृत भएको छ । यसैगरी हिमालय एयरलाइन्सले सातामा ७ उडानसहित अक्टुबर २४ सम्म २९ वटा उडान गर्नेछ भने नेपाल एयरलाइन्सले २५ वटा उडान गर्नेछ । जजिरा एयरलाइन्स (७), कोरियन एयर (४), मलेसिया एयरलाइन्स (५), मालिन्डो एयर (७), कतार एयरवेज (७), सलाम एयर (५) र टर्किस् एयरलाइन्सले ३ उडान गर्नेछन् ।

सरकारले सेप्टेबर महिनाका लागि माल्दिभ्स, साउदी अरब, ओमान, कुवेत र कतारमा चार्टर्ड उडान तोकेको छ । मलेसिया, टर्की, दक्षिण कोरिया, जापान, चीन, हङकङ, यूएइबाट भने सेप्टेम्बर एक देखि नियमित उडान हुँदै आएको छ । अक्टुबर महिनामा नेपाल एयरलाइन्सले हङकङ, दोहा, क्वालालम्पुर, दुबई, नारिता, ग्वान्जाओ नियमित उडान गर्ने छ भने हिमालय एयरलाइन्सले दोहा, दमाम, आबुधावी, रियाद, क्लालालम्पुर, चोङछिङ नियमित उडान गर्नेछ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ कार्तिक । नेपाल टेलिकम आफ्नो सेवालाई विस्तार गर्ने क्रममा सोलुखुम्बुको ताक्सिन्दु र जुभुमा जीएसएम मोबाइल सेवा सञ्चालन गर्नुका

काठमाडौँ, ९ असोज । नेपाल टेलिकमले शिक्षा तथा मानव स्रोत विकास केन्द्रसँग समन्वय गरी सरकारी र सामुदायिक विद्यालयका शिक्षक र

काठमाडौँ, २९ असार । नेपाल टेलिकमले देशका हरेक वडामा वाईफाई उपलब्ध गराउने भएको छ । कम्पनीले पहिलो चरणमा वडामा रहेका

काठमाडौँ, २२ असार । नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार कोषमार्फत ४१ जिल्लाका सम्पूर्ण वडामा इन्टरनेट विस्तार गरिएको छ । ग्रामीण