ड्रग्सको मुद्दामा जोडियो दीपिकाको नाम

काठमाडौँ, ६ असोज । नायक सुशान्त सिंह राजपुतको निधनपश्चात बलिउडका विभिन्न मुद्दाहरु सार्वजनिक भैरहेका छन् ।

नायिका दीपिका पादुकोणको नाम पनि यो मुद्दामा जोडिएको छ । नेपोटिज्मबाट सुरु भएको छानविन अहिले ड्रग्सको मुद्दामा पुगेको छ । सुशान्तकी प्रेमिका रिया चक्रवर्ती ड्रग्सकै मुद्दामा जेलमा छिन् ।

नायिका दीपिका पादुकोणले आफ्नी म्यानेजरसँग ड्रग्स मागेको मेसेज एनसीबीको टिमसम्म पुगेको छ । एनसीबीले दीपिकाकी म्यानेजरसहित ४ जनालाई आज सोधपुछका लागि बोलाएको भारतीय मिडियाले उल्लेख गरेका छन् । दीपिकाले आफ्नी म्यानेजर करिश्मा प्रकाशसँग ड्रग्स मागेको मेसेज बाहिरिएको हो । म्यासेजमा दीपिकाको कोडनेम ‘डी’ र करिश्माको कोडनेम ‘के’ प्रयोग गरिएको भारतीय मिडियाको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ बैशाख । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले केही समयदेखि अर्थतन्त्रमा देखिएको शिथिलतामा सुधार आउन थालेकोे बताएका छन् । 

काठमाडौँ, ६ बैशाख । डा. अन्जान शाक्य राष्ट्रियसभा सदस्यमा मनोनीत भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई बिहीबार राष्ट्रियसभा सदस्यमा

काठमाडौँ, ६ बैशाख । नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिममा प्रदेश सरकार निर्माणबारे प्रदेश प्रमुखको भूमिकामाथि प्रश्न उठाएको छ । कांग्रेस

काठमाडौँ, ६ बैशाख । सिंहदरबारस्थित दक्षिण गेट अगाडि विभिन्न प्लेकार्ड बोकेर प्रदर्शन गर्ने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।