संवैधानिक इजलास सुचारु गर्ने तयारीमा सर्वोच्च

काठमाडौँ, ६ असोज । सर्वोच्च अदालतले संवैधानिक इजलासमा रहेका रिट निवेदन तथा मुद्दाको पनि सुनुवाइ गर्ने भएको छ । कोरोना भाइरसको संक्रमण बढेसँगै रोकिएको संवैधानिक इजलास अब सुचारु गर्ने सर्वाेच्चले उल्लेख गरेको छ ।

सर्वोच्चका उपसचिव देवेन्द्र ढकालले दिएको जानकारीअनुसार अब संवैधानिक इजलासमा सुनुवाइ गर्ने निर्णय गरिएको हो । सर्वोच्च अदालतमा गत चैत १० गतेदेखि सामान्यरुपमा सुनुवाइ हुन सकेको छैन । अब निषेधाज्ञा खोलेसँगै सर्वोच्चसँगै अन्य अदालतमा पनि सुनुवाइ गर्ने क्रम सामान्यतर्फ गएको छ ।

सर्वोच्च अदालतले सोमबार सूचना जारी गरी अव संवैधानिक इजलासमा पनि सुुनुवाइ हुने जानकारी गराएको हो । तर, सर्वोच्चले कुन मितिदेखि सुनुवाइ हुने भनी स्पष्ट गरेको छैन । यसअघि सर्वोच्चमा बुधबार र शुक्रबार संवैधानिक इजलासमा सुनुवाइ गरिन्थ्यो ।

सर्वोच्चबाट थाहा भएअनुसार संवैधानिक इजलासमा प्रारम्भिक सुनुवाइ मात्र गरिने भएको छ । संवैधानिक इजलासमा पूर्ण सुनुवाइ भने हाल नगरिने भएको छ । संवैधानिक इजलासमा हाल उल्लेख्य संख्यामा रिट निवेदन तथा मुद्दाहरू विचाराधीन अवस्थामा छन् ।

कुनै कानुन संविधानसँग बाझिएमा, संघ र प्रदेश, प्रदेश र प्रदेश, संघ र स्थानीय तह, प्रदेश र स्थानीय तह बीच अधिकारलाई लिएर विवाद उत्पन्न भएमा त्यस्तो विवादको छिनोफानो संवैधानिक इजलासबाट हुने प्रावधान छ । तर संवैधानिक इजलासले अपेक्षाकृत मुद्दाको कारबाही र किनारा गर्न नसकेको भनी आलोचना हुने गरेको छ ।

अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले संवैधानिक इजलासले आफ्नो कार्य त्यति प्रभावकारीरुपमा सम्पादन गर्न नसकेको उल्लेख गर्दै त्यसले गर्दा जनतामा निरासा छाएको बताउनुभयो ।

यसका अतिरिक्त थुनुवा भएको मुद्दाको प्राथमिकता साथ पेशी चढाई सुनुवाइ गरिने पनि सर्वोच्चले उल्लेख गरेको छ । यसै गरी निर्णय सुनाउन बाकी रहेका हेर्दा हेर्दैमा रहेको मुद्दाका पक्ष उपस्थित भएमा त्यस्ता मुद्दाको पनि पेशीमा चढाइ सुनुवाइ गर्ने निर्णय भएको उपसचिव ढकालले जानकारी दिनुभयो ।

सर्वोच्चले पुनरावलोकनको निवेदनलाई पनि पेशीमा चढाई सुनुवाइ गर्ने भएको छ । यसअघि सर्वोच्चमा केकस्तो मुद्दाको सुनुवाइ गर्ने भनी सर्वोच्च अदालतमा न्यायाधीशहरू, नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनका अध्यक्ष तथा पदाधिकारीहरूसँग छलफल भएको थियो । यो समाचार आजको नेपाल समाचार पत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बर्दिया, ५ कार्तिक । बर्दियाको मधुवनमा बाघकाे आक्रमणबाट एक महिलाको ज्यान गएको छ । सामुदायिक वनमा डालेघाँस काट्न गएकी मधुवन नगरपालिका

धादिङ, ५ कार्तिक । कोभिड –१९ को संक्रमणका कारण दुई दिनका अवधिमा धादिङका तीन जनाले ज्यान गुमाएका छन् । नेपाल

तनहुँ, ५ कात्तिक । अवैध हतियारबाट सर्वसाधारणलाई त्रसित र आङ्तकित पार्दै हिँड्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ

चितवन, ५ कार्तिक । चितवनमा थप १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड अस्पतालमा मंगलबार गरिएको