वर्तमान सरकारले रेलको युग शुरु गरेको हैन भन्नेलाई मुख्यमन्त्री पोखरेलको कडा काउण्टर

shankar-pokharel

काठमाडौँ, ५ असोज । प्रधानमन्त्री केपी शर्मा ओली तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को मुलुकलाई समृद्ध बनाउने महत्वपूर्ण योजना अन्तर रेलमार्गको नेपालमा सञ्चालन गर्ने रहेको थियो । र वर्तमान सरकारले त्यसलाई उच्च प्राथमिकता दिँदै आएको छ ।

सरकारले प्राथमिकता मात्र नभई केही दिन अघि रेल सञ्चालनको उद्घाटन नै गरिसकेको छ । योसँगै नेपालमा रेलमार्गको युगको रुपमा समेत प्रवेश गरेको छ । विकासको चारै तिरको ढोकाहरु खुल्ला गर्दै वर्तमान सरकारले समृद्ध नेपाल : सुखी नेपालीको अभियानलाई सार्थकतामा पुर्याउन विभिन्न प्रकारका साना तथा ठूला महत्वपूर्ण र जनमूखी कदमहरुलाई सिद्धान्तमा मात्र नभई जनताले प्रत्यक्ष देख्न र भोग्न सक्ने गरी तिव्र गतिका साथ अगाडी बढाई रहेको छ ।

सरकारले गरेको महत्वपूर्णले कतिपय वुद्धिजीवि तथा राजनीतिक दललाई भने निद नै हराम भएको समेत देखिएको छ । प्रधानमन्त्री ओलीको नेतृत्वमा शुरु गरिएको रेल सञ्चालन विगतदेखी नै थियो वर्तमान सरकारले गरेको हैन भन्नेहरुको पनि कहि कतै हल्ली खल्ली गरेको पाइएको छ । जसको नेतृत्व हिजो कागजको रेल बनाएर प्रधानमन्त्रीको नेपालमा रेल गुडाएरै छोड्ने प्रतिवद्धतालाई उडाउनेहरुको अहिले अनुहासमा चिट् चिट् पसिना आएकाले केही समय अघि सुरु उद्घाटन गरिएको रेल वर्तमान सरकारले नभई विगतमा नै भएको भनि जनतामा भ्रम र्छन तल्लिन रहेका छन् ।

यसै क्रममा प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले वर्तमान केपी ओलीको नेतृत्वको सरकारले नेपालमा रेल ल्याएको हैन भन्नेलाई कडा काउण्टर दिनुभएको छ । उहाँले भन्नुभएको छ, ‘कतिपय वुद्धिजीवीको मनस्थिति र मनोविज्ञान यति हीन भावनाले ग्रस्त छ कि नेपालले किनेको रेललाई भारतले दानमा दिएको भन्दै दंग हुनुहुन्छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बर्दिया, ५ कार्तिक । बर्दियाको मधुवनमा बाघकाे आक्रमणबाट एक महिलाको ज्यान गएको छ । सामुदायिक वनमा डालेघाँस काट्न गएकी मधुवन नगरपालिका

धादिङ, ५ कार्तिक । कोभिड –१९ को संक्रमणका कारण दुई दिनका अवधिमा धादिङका तीन जनाले ज्यान गुमाएका छन् । नेपाल

तनहुँ, ५ कात्तिक । अवैध हतियारबाट सर्वसाधारणलाई त्रसित र आङ्तकित पार्दै हिँड्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ

चितवन, ५ कार्तिक । चितवनमा थप १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड अस्पतालमा मंगलबार गरिएको