कांग्रेसमा गयो पहिरोः ताप्लेजुङमा विभिन्न पार्टी परित्याग गरी १७१ जना नेकपामा प्रवेश

ताप्लेजुङ, ५ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका विभिन्न पार्टी परित्याग गरी १ सय ७१ जना नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् ।

जिल्लाको फक्ताङलुङ ३ लिङखिम वडा कमिटीको आयोजनामा नेपाली काङ्ग्रेस परित्याग गरि १४४ जना , लिम्बूवानबाट १६ जना र राप्रपाबाट ११ जना गरि १७१ जना नेकपामा प्रवेश गर्नुभएको छ ।

सम्पूर्ण नव प्रवेसीहरुमा नेकपाले भव्य रुपमा हार्दिक स्वागत गरेको छ । वर्तमान समयको माग र आवश्यकता अनुसारको विकास र समृद्धिको यात्राको नेतृत्व गर्ने जनमूखी पार्टी नै नेकपा भएकाले कांग्रेस लगायतका पार्टी परित्या गरी मुलुकको समृद्धिको लागि नेकपामा प्रवेश गरेको नवप्रवेशीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ कार्तिक । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १८८८ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

पोखरा, १४ कार्तिक । चाँदी जस्तै टलक्क टल्केको माछापुच्छ्रे हिमालसहितका हिमाली शृङ्खला पर्यटक स्वागतको पर्खाइमा छन् । फेवाताल र पोखरा

धनगढी, १४ कार्तिक । कैलालीमा भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउन सिफारिस गर्ने वडाध्यक्षसहित तीन जना पक्राउ परेका छन् । धनगढी

काठमाडौँ, १४ कार्तिक । सरकारले कोरोना संक्रमित निजामती कर्मचारीलाई १४ दिन बिदा दिने तयारी गरेको छ । संक्रमण भएपछि सामान्यतया