प्रधानमन्त्री ओलीद्वारा आङरिता शेर्पाको निधनप्रति दुःख व्यक्त

काठमाडौँ, ५ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिमानी आरोही आङरिता शेर्पाको निधनप्रति दुख ब्यक्त गर्नुभएको छ ।

बिनअक्सीजन १० पटक विश्व सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर कीर्तिमानी रेकर्ड कायम गर्नुभएका शेर्पाको आज काठमाडौँस्थित आफ्नै निवासमा निधन भएको थियो । उहाँलाई हिउँ चितुवाको उपनामलेसमेत चिँनिदै आएको थियो ।

प्रधानमन्त्री ओलीले ट्वीट गर्दै बिनाअक्सिजन १० पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गर्नु हुने आङरिता शेर्पाको निधनले अत्यन्त दुस्खित तुल्याएको बताउनुभएको छ ।

उहाँले भन्नुभएको छ, ‘यस दुःखद् घडीमा उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै शोकसन्तप्त परिवार र शुभेच्छुकहरुप्रति गहिरो समवेदना ब्यक्त गर्दछु । उहाँको कीर्तिमानी सदास्मरणीय रहने छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ कार्तिक । काठमाडौँ उपत्यकामा थप १११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौँ

shankar-pokharel

काठमाडौँ, ८ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलद्वारा नेपालहरुको महान् चाड विजया दशमीको शुभकामना व्यक्त गर्नुभएको छ । आज

काठमाडौँ, ८ कार्तिक । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराई र उहाँकी पत्नी हिसिला

काठमाडौँ, ८ कार्तिक । व्यावसायिक कृषिमा लागेका र कृषि क्षेत्रलाई नै जीविकोपार्जनको मुख्य आधार बनाएकाका लागि सरकारले ल्याउन लागेको ‘किसान क्रेडिट