अनलाइन शिक्षा शुःल्कमा एकरुपता बनाउने प्रयास

काठमाडौँ, ५ असोज । काठमाडौँ उपत्यकामा अनलाइन शिक्षा शुःल्कमा एकरुपता बनाउने प्रयास थालिएको छ । सरकारले जारी गरेको निर्देशिकाले स्थानीय तहलाई दिएको जिम्मेवारीअनुसार उपत्यका नगरपालिका फोरमले शुःल्कको एकरुपता बनाउन छलफल थालेको हो । 

फोरमका सचिव एवं मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले शिक्षा शुःल्कको विषयमा विभिन्न नगर र महानगरपालिकाका प्रमुख एवं उपप्रमुखसँग छलफल शुरु गरेको जानकारी दिनुभयो । केही दिन अनलाइनमाध्याम वा भौतिक दूरी कायम गरेर प्रत्यक्ष भेटघाट गरी छलफल शुरु गरिएको र सबैको रायका आधारमा फोरमले शुःल्क निर्धारणका लागि आवश्यक निर्णय गरेर सरकारलाई सिफारिस गर्ने उहाँले जानकारी दिनुभयो । 

दिनदिनै बढ्दो क्रममा रहेको कोभिड–१९ ले उपत्यकालाई नराम्ररी प्रभावित बनाइरहेको सन्दर्भमा त्यसको नियन्त्रणका उपाएबारे समेत छलफल जारी रहेको फोरमले जनाएको छ । सार्वजनिक सवारी साधानलाई तत्कालै सञ्चालन गर्न नहुने पक्षमा फोरम रहेको थियो ।उपत्यकाका नगरपालिकाले तत्काल खुलाउन नहुने भन्दै सरकारलाई सुझाव समेत दिएको तर सरकारले असोज १ गतेबाटै सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय भएपछि उपत्यकामा थप जोखिम बढेको फोरमले जनाएको छ । 

पछिल्लो समयमा मुलुकभर देखिएको सङ्क्रमितमध्ये आधा उपत्यकाका छन् । यसअघि फोरमको सक्रियतामा उपत्यकाको समुदायमा सङ्क्रमण दर कस्तो छ भनेर अध्ययन भएको थियो । झण्डै ४० हजारको परीक्षण गर्दा करिब ७ हजार मानिस पोजेटिभ देखिएकाले अझै समुदायमा भने पुगिनसकेको निष्कर्ष निकालिएको थियो । फोरमले २८ हजार परीक्षण गर्ने लक्ष्य राखेको थियो । 

त्यसमा १० हजार सङ्क्रमित देखिएमा समुदायमा प्रवेश गरेको निष्कर्ष निकाली नियन्त्रणका आवश्यक योजना निर्माण गर्ने तयारीका साथ गरिएको परीक्षणको नतिजाले अनुमान गरिए भन्दा न्युन सङ्क्रमित भेटिएका थिए । अहिले सार्वजनिक सवारी सञ्चालन भएपछि भने जोखिम बढेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । नेपालले जलवायु विपद् पूर्वतयारीका लागि ‘एसिया तथा प्रशान्त क्षेत्रमा दिगो विकासका लागि अन्तरिक्ष अनुप्रयोगसम्बन्धी पाँचौँ मन्त्रीस्तरीय

काठमाडौँ, ११ कार्तिक । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले हिमाली क्षेत्रमा जलवायु परिवर्तनले निम्त्याएका जटिल विपद्हरू न्यूनीकरण गर्न

काठमाडौँ, ११ कार्तिक । नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले विवादास्पद अभिव्यक्ति दिएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई बर्खास्त गर्न

काठमाडौँ, ११ कार्तिक । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्णव’को समेत प्रभाव