पेट्रोल ट्यांकर त्रिशूलीमा खसेर आगलागी

काठमाडौँ, ४ असोज । पेट्रोल बोकेको एक ट्यांकर त्रिशूली नदीमा खसेर आगलागी भएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार काठमाडौंतर्फ आइरहेको ना ४ ख २८२२ नम्बरको ट्यांकर धादिङ जिल्लाको गल्छी गाउँपालिका–६ चरौंदीस्थित सुत्केरी डाँडाबाट करिब ६ सय मिटर तल त्रिशूली नदीमा खसेर आगलागी भएको हो ।

दमकलको सहायताले आगो निभाइएको छ । नदीमा खसेको ट्यांकरको केही भाग देखिएको छ । अहिले उद्धार कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । दुर्घटना आइतबार बिहानपख करिब २ बजे भएको हो । ट्यांकर चालक र सहचालक प्रहरीको सम्पर्कमा आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ वैशाख । इन्द्रेणी कार्यक्रमका सञ्चालक तथा लोक दोहरी गायक कृष्ण कँडेलको फेसबुक आइडी ह्याक भएको छ । आइडी

काठमाडौँ, १३ वैशाख । फेयरप्ले एपमा आईपीएल २०२३ को अवैध प्रसारणको सम्बन्धमा भारतको महाराष्ट्र साइबर सेलले अभिनेत्री तमन्ना भाटियालाई सोधपुछका

काठमाडौँ, १२ वैशाख । सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सीको घर’ले उच्च शो पाएको छ । आजबाट अग्रिम बुकिङ

काठमाडौँ, १२ वैशाख । फिल्म ‘घरज्वाइँ’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । अनिल बुढा मगरको निर्देशनमा जनक घर्ती मगरले निर्माण