आईपीएलको १३औँ संस्करण यूएईमा शुरु

काठमाडौँ, ३ असोज । इन्डियन प्रिमियर लिग ९आईपीएल० को १३ औँ संस्करण आजबाट यूएईमा शुरु हुँदैछ ।

अघिल्लो संस्करणको विजेता मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्सबीच अबुधाबीमा पहिलो खेल हुनेछ । आईपीएलको इतिहासमा चौँथो पटक यी दुई टीम उद्घाटन खेलमा प्रतिस्पर्धा गर्न लागेका हुन् ।

आज हुने खेल नेपाली समय अनुसार साँझ ७ स् ४५ मा शुरु हुनेछ । नेपाली युवा स्पीनर सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्सको पहिलो खेल भोलि छ । दिल्लीले भोलि हुने खेलमा नेपाली समय अनुसार साँझ ७स्४५ बजे किङ्स इलेभेन पन्जाबसँग प्रतिस्पर्धा गर्नेछ । क्यारेबियन प्रिमियर लिग ९सीपीएल० खेलेर ट्रिनिडाड एण्ड टोबागोबाट सन्दीप आईपीएल खेल्न यूएई पुगिसकेका छन् ।
दिल्लीको क्याप्टेन श्रेयस ऐयर छन् । टीममा शिखर धवन, अजिन्क्या रहाने, अक्षर पटेल, रिसभ पन्त, कागिसो राबाडा, अमित मिश्रा, रविचन्द्र आश्विन लगायत खेलाडी छन् । आईपीएल १० नोभेम्बरसम्म चल्नेछ । ५३ दिनमा आठ टीमले कम्तीमा १४स्१४ खेल खेल्नेछन् ।

एक लिमिनेटर, एक क्वालिफायर र फाइनलसमेत गरी ६० खेल हुनेछन् । यी खेल दुबई, अबुधाबी र शारजाहमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ वैशाख । इन्द्रेणी कार्यक्रमका सञ्चालक तथा लोक दोहरी गायक कृष्ण कँडेलको फेसबुक आइडी ह्याक भएको छ । आइडी

काठमाडौँ, १३ वैशाख । फेयरप्ले एपमा आईपीएल २०२३ को अवैध प्रसारणको सम्बन्धमा भारतको महाराष्ट्र साइबर सेलले अभिनेत्री तमन्ना भाटियालाई सोधपुछका

काठमाडौँ, १२ वैशाख । सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सीको घर’ले उच्च शो पाएको छ । आजबाट अग्रिम बुकिङ

काठमाडौँ, १२ वैशाख । फिल्म ‘घरज्वाइँ’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । अनिल बुढा मगरको निर्देशनमा जनक घर्ती मगरले निर्माण