आईपीएलको १३औँ संस्करण यूएईमा शुरु

काठमाडौँ, ३ असोज । इन्डियन प्रिमियर लिग ९आईपीएल० को १३ औँ संस्करण आजबाट यूएईमा शुरु हुँदैछ ।

अघिल्लो संस्करणको विजेता मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्सबीच अबुधाबीमा पहिलो खेल हुनेछ । आईपीएलको इतिहासमा चौँथो पटक यी दुई टीम उद्घाटन खेलमा प्रतिस्पर्धा गर्न लागेका हुन् ।

आज हुने खेल नेपाली समय अनुसार साँझ ७ स् ४५ मा शुरु हुनेछ । नेपाली युवा स्पीनर सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्सको पहिलो खेल भोलि छ । दिल्लीले भोलि हुने खेलमा नेपाली समय अनुसार साँझ ७स्४५ बजे किङ्स इलेभेन पन्जाबसँग प्रतिस्पर्धा गर्नेछ । क्यारेबियन प्रिमियर लिग ९सीपीएल० खेलेर ट्रिनिडाड एण्ड टोबागोबाट सन्दीप आईपीएल खेल्न यूएई पुगिसकेका छन् ।
दिल्लीको क्याप्टेन श्रेयस ऐयर छन् । टीममा शिखर धवन, अजिन्क्या रहाने, अक्षर पटेल, रिसभ पन्त, कागिसो राबाडा, अमित मिश्रा, रविचन्द्र आश्विन लगायत खेलाडी छन् । आईपीएल १० नोभेम्बरसम्म चल्नेछ । ५३ दिनमा आठ टीमले कम्तीमा १४स्१४ खेल खेल्नेछन् ।

एक लिमिनेटर, एक क्वालिफायर र फाइनलसमेत गरी ६० खेल हुनेछन् । यी खेल दुबई, अबुधाबी र शारजाहमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटतर्फका खेलहरू आजदेखि सुरु भएका छन् । जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी

काठमाडौँ, ६ असोज । काठमाडौँको बौद्ध स्थित महेन्द्र माध्यमिक विद्यालयका एक सय ५० जनाभन्दा बढी छात्रालाई महिला हिंसाविरुद्ध आत्मरक्षा तथा

काठमाडौँ, ३ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलाडी राष्ट्रका गौरव र गहना भएको बताउँदै स्थानीय तहबाटै खेलाडीको

काठमाडौँ, ३० भदौ । एसियन गेम्स क्रिकेट प्रतियोगिता खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज दीपेन्द्र