मेसीले आफ्नो नाम ट्रेडमार्कको रुपमा दर्ता गर्न पाउने

काठमाडौँ, २ असोज । विश्व फुटबलका स्टार खेलाडी लिओनल मेसीले अब आफ्नो नाम ट्रेडमार्कको रुपमा दर्ता गर्न पाउने भएका छन् । इयुको उच्च अदालतबाट ९ वर्षको लडाइँ जितेपछि मेसीले अब नाम ट्रेडमार्क रुपमा राख्न पाउने भएका हुन् ।

युरोपियन कोर्ट अफ जस्टिस (युरोपियन न्याय अदालत)ले स्पानिस साइक्लिङ कम्पनी मास्मी र इयुको बौद्धिक सम्पत्ति कार्यालय ईयुआईपीओको अपिल खारेज गरेको हो ।

स्पानिस क्लब बार्सिलोनाका स्टार मेसीले सन् २०११ मा पहिलो पटक स्पोर्ट्सवेयर ब्राण्डका लागि आफ्नो सरनेमको ट्रेडमार्क दर्ता गरेका थिए । तर मास्मीले उनीहरुको लोगो समान भएकाले यसले द्विविधा ल्याउने बताएको थियो । युरोपियन न्याय अदालतले जब जनता दुई ब्राण्डको भिन्नता छुट्याउन सक्षम हुन्छन् तब स्टार खेलाडीको प्रतिष्ठालाई ध्यानमा राख्न सकिने बताएको छ । यसले गर्दा युरोपियन  अदालतले सन् २०१८ मा इयुको साधारण अदालतले सुनाएको फैसलालाई समर्थन गर्‍यो र कन्फ्युजन आउनेमा फुटबलर पनि जानकार थिए ।

साइकल लुगा र सामग्रीहरु बेच्ने मास्मीले बार्सिलोनाका स्ट्राइकरको आवेदनलाई सुरुमा चुनौती दिएको थियो । तर लिओनल मेसीले जब साधारण कोर्टमा अपिल गरे र त्यसले मेसीको पक्षमा फैसला गर्‍यो त्यसपछि मास्सी हरायो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटतर्फका खेलहरू आजदेखि सुरु भएका छन् । जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी

काठमाडौँ, ६ असोज । काठमाडौँको बौद्ध स्थित महेन्द्र माध्यमिक विद्यालयका एक सय ५० जनाभन्दा बढी छात्रालाई महिला हिंसाविरुद्ध आत्मरक्षा तथा

काठमाडौँ, ३ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलाडी राष्ट्रका गौरव र गहना भएको बताउँदै स्थानीय तहबाटै खेलाडीको

काठमाडौँ, ३० भदौ । एसियन गेम्स क्रिकेट प्रतियोगिता खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज दीपेन्द्र