काठमाडौँ आइपुगे बहराइनका राजकुमार

काठमाडौँ, ३१ भदौ । बहराइनका राजकुमारसहितको टोली नेपालीका दुई हिमाल आरोहणको सिलसिलामा काठमाडौँ अवतरण गरेको छ ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार बिहान करिव ११ बजे उनीहरु चढेको जहाज काठमाडौँ आएको हो । उनीहरुलाई शेख इशा एयरवेजबाट विशेष विमानले काठमाडौँ विमानस्थलमा ल्याएको हो । बहराइनबाट काठमाडौंका लागि उड्नुअघि उनीहरुलाई बहराइनस्थित नेपाली दूतावासले बिदाई गरेको थियो ।

बहराइनको रोयल गार्डमा कार्यरत १५ जना बहराइनी नागरिक र ३ जना बेलायती यो टोलीमा सहभागी छन् । दूतावासका अनुसार यो टोली नेपालमा दुई महिना बस्ने छ । त्यसक्रममा लोबुचे र मनास्लु हिमाल आरोहण गर्नेछ । यो आरोहणलाई टोलीले आगामी वसन्त ऋतुमा सगरमाथा आरोहणको पूर्वतयारीका रुपमा हेरेको बताइएको छ ।

पर्वतारोहणमा सहभागी हुने सदस्य तथा विमान चालक दलका सदस्य पछिल्लो १५ दिन देखि सेल्फ क्वारेन्टिनमा रहेको समेत दूतावासले जनाएको छ । त्यसपछि उनीहरुको कोरोना परीक्षण गरिएको थियो । परीक्षणमा सबैको नेगेटिभ नतिजा आएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३  असोज । नेपालमा ७ जिल्ला कोरोनामुक्त भएका छन । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ७ जिल्लामा

विराटनगर, ३ असोज । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले संविधान सबै जाति, भाषा, धर्म, संस्कृति, लिङ्ग, वर्ण र

वुटवल, ३ असोज । मुख्यमन्त्री शङ्कर पोखरेलले संविधान कार्यान्वयन हुँदै जाँदा सबै पक्षबाट स्वीकार्य पूर्ण सहमतिको दस्तावेजको रुपमा स्थापित भएको

भक्तपुर, ३ असोज । जुद्ध बारुण यन्त्र भक्तपुरको ७७ औं स्थापना दिवस कोरोना संक्रमणकाबीच एक संक्षिप्त कार्यक्रम गरी सम्पन्न भएको