जापानको नयाँ प्रधानमन्त्रीमा योशिहिदे सुगा निर्वाचित

एजेन्सी, ३१ भदौ । जापानका पूर्व मुख्य सचिव योशिहिदे सुगा नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । बुधबार संसदमा भएको मतदानमा ३१४ मतसहित सुगा जापानको नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । 

 लिब्रल डेमोक्रेटिक पार्टी (एलडीपी) को बहुमत रहेको संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिका ४६५ सदस्यमध्यबाट ३१४ मत प्राप्त गरेको जापानी समाचार एजेन्सी कोयदो न्युजले जनाएको छ ।  

स्वास्थ्य समस्याका कारण प्रधानमन्त्री पदबाट राजीनामा दिएका सिन्जो आबेको उत्तराधिकारीका लागि जापानको सत्तारुढ दल एलडीपी सोमबार नयाँ नेताको रुपमा योशिहिदेलाई सुगालाई निर्वाचित गरेको थियो । पार्टी नेतामा उनले ५३४ मध्येबाट ३७७ मत प्राप्त गरेका थिए । 

प्रधानमन्त्रीमा निर्वाचित भएसँगै सुगाले कोरोना महामारीका कारण तहस नहस भएको अर्थतन्त्र उकास्‍न आफ्नो जोड रहने बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३  असोज । नेपालमा ७ जिल्ला कोरोनामुक्त भएका छन । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ७ जिल्लामा

विराटनगर, ३ असोज । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले संविधान सबै जाति, भाषा, धर्म, संस्कृति, लिङ्ग, वर्ण र

वुटवल, ३ असोज । मुख्यमन्त्री शङ्कर पोखरेलले संविधान कार्यान्वयन हुँदै जाँदा सबै पक्षबाट स्वीकार्य पूर्ण सहमतिको दस्तावेजको रुपमा स्थापित भएको

भक्तपुर, ३ असोज । जुद्ध बारुण यन्त्र भक्तपुरको ७७ औं स्थापना दिवस कोरोना संक्रमणकाबीच एक संक्षिप्त कार्यक्रम गरी सम्पन्न भएको