बढी मूल्यमा प्याज विक्री गर्ने एक व्यवसायी पक्राउ

काठमाडौँ, ३१ भदौ । बढी मूल्यमा प्याज विक्री गर्ने एक जान व्यवसायीलाई बुधबार बल्खु बजारबाट प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिकाको अनुगमन टोलीले सुनिल केसीलाई बढी मूल्यमा प्याज विक्री गरेको अवस्थामा फेला पारेर नियन्त्रणमा लिएको हो । टोलीले कानुनी कारबाहीका लागि केसीलाई महानगरीय प्रहरी वृत्त, कालिमाटीको जिम्मा लगाएको छ ।

उनको पसलबाट दुई सय ४० बोरा प्याज पनि बरामद गरिएको छ । अनुगमनका क्रममा वाणिज्य विभागले अन्य ७ वटा पसललाई हाजिर भएर जरिवाना तिर्न भन्दै पूर्जी काटेको छ ।

सोमबारसम्म प्याजको मूल्य प्रति किलो ७६ रुपैयाँ थियो । तर उनीहरुले एक सय ३० रुपैयाँ प्रतिकिलोमा प्यास विक्री गरेको पाइएको अनुगमन टोलीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले महिलालाई आर्थिक स्तर माथि उकास्न गरिब लक्षित कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभएको छ

काठमाडौँ, ३० वैशाख । नेकपा (माओवादी केन्द्र)ले समर्थन फिर्ता लिएसँगै मधेस सरकार अल्पमतमा परेको छ । आज मधेस सरकारमा सहभागी माओवादीका मन्त्रीहरूले राजीनामा बुझाएपछि

काठमाडौँ, ३० वैशाख । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले काठमाडौँ उपत्यकाको सौन्दर्यताका लागि सकेसम्म यहाँका उद्योगलाई बाहिर सार्नुपर्ने धारणा

काठमाडौँ, ३० वैशाख । जनता समाजवादी पार्टीले सरकारबाट समर्थन फिर्ता लिने तयारी गरेको छ । बालकुमारीस्थित पार्टी कार्यालयमा भएको छलफलमा