सिआईबीका डिएसपीसहित २६ प्रहरीमा कोरोना पुष्टि

काठमाडौँ, ३१ भदौ । केन्द्रिय अनुसन्धान ब्यूरोमा कार्यरत २६ जना प्रहरी कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमध्ये एकजना प्रहरी नायब उपरीक्षक (डिएसपी) छन् ।

ब्यूरोको ब्यारेकमा बस्ने ८ जना प्रहरीलाई भदौ २४ मा पहिलोपटक संक्रमण पुष्टि भएको थियो । उनीहरुका कन्ट्याक्ट ट्रेसिङका आधारमा थप प्रहरीलाई संक्रमण देखिएको हो ।

संक्रमित प्रहरी कर्मचारीलाई सामाखुसीस्थित पहरा गण र नम्बर–२ गण महाराजगञ्जको आइसोलेशनमा राखिएको छ । केही प्रहरी कर्मचारी भने ‘होम आइसोलेशन’मा बसेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असोज । कर्णाली राजमार्ग अन्तरगत सुर्खेत -जुम्ला सडक खण्डको खल्लागाडमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । कालिकोटबाट

भक्तपुर, १३ असोज । भक्तपुरमा डलर साट्ने भन्दै पाँच लाख लुटपाट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय

काठमाडौँ, १३ असोज । थप १५ सय १३ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ७६ हजार २ सय ५८ जना

काठमाडौँ, १३ असोज । ब्रोइलर कुखुराको चल्लालाई रंग लगाएर लोकल भनेर बिक्री गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी