विश्वमा २ करोड १२ लाख भन्दाबढी मानिस कोरोना मुक्त

काठमाडौँ, ३० भदौ । विश्वमा कोरोना मुक्त हुने मानिसको संख्या २ करोड १२ लाख ७३ हजार ३०४ पुगेको छ । निको हुनेको यो संख्या कुल संक्रमितको ७२ प्रतिशत हो ।

वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा २ लाख ४० हजारभन्दा बढीमा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या २ करोड ९४ लाख ३७ हजार मानिस संक्रमित भएका छन ।

यस्तै एकै दिन थप ४ हजार ३५२ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ९ लाख ३२ हजार ४२२ पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख १२ हजार ९१३ जनाको मृत्यु भएको छ । ४१ लाख २५ हजार ४१८ जना संक्रमित भएकोमा २२ लाख ५५ हजार १३३ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ९० हजार ६१६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ८० लाख ३८ हजार ९७० पुगेको छ । त्यसमध्ये ४९ लाख २८ हजार २१७ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख ६६ हजार १४४ जनाको मृत्यु भएको छ । ८७ लाख १७ हजार ८० जना संक्रमित भएकोमा ७० लाख ६१ हजार ७९३ जना संक्रमणमुक्त भएका छन् । दक्षिण अमेरिकी मुलुकहरूमा २ लाख २९ हजार २६७ जनाको मृत्यु भएको छ । ७१ लाख ५९ हजार १०६ जना संक्रमित भएकोमा ५८ लाख ९० हजार ३२९ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा ३२ हजार ८४९ जनाको ज्यान गएको छ भने १३ लाख ६६ हजार १३८ संक्रमित छन् । संक्रमितमध्ये ११ लाख १० हजार ९७१ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ८५० जनाको मृत्यु भएको छ । ३० हजार १५८ जना संक्रमित भएकोमा २६ हजार २१० जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असोज । कर्णाली राजमार्ग अन्तरगत सुर्खेत -जुम्ला सडक खण्डको खल्लागाडमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । कालिकोटबाट

भक्तपुर, १३ असोज । भक्तपुरमा डलर साट्ने भन्दै पाँच लाख लुटपाट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय

काठमाडौँ, १३ असोज । थप १५ सय १३ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ७६ हजार २ सय ५८ जना

काठमाडौँ, १३ असोज । ब्रोइलर कुखुराको चल्लालाई रंग लगाएर लोकल भनेर बिक्री गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी