मलाई कमजोर संझिएर भुल गर्दैछन् : कंगना रनावत

काठमाडौँ, २९ भदौ । ५ दिन अगाडि मनालीबाट मुम्बई आएकी बलिउड नायिका कंगना रनावत फेरि आज आफ्नै घर मनाली फर्किएकी छिन् ।

बीएमसीले अवैध निर्माण भएको भन्दै उनको अफिस तोडफोड गरेपछि उनी मुम्बई आएकी थिइन् ।
मुम्बई आएपछि कंगनाले महाराष्ट्र सरकारको विरुद्धमा आवाज उठाइन् । मनाली फर्किनु अगाडि ट्विट गर्दै कंगनाले लेखेकी छिन्–‘भारी मन लिएर म फर्किदैछु । मलाई कमजोर संझिएर मानिसहरु निकै ठूलो भुल गर्दैछन् ।

बीएमसीले आइतबार कंगनाको घरको सम्बन्धमा एक नोटिस सार्वजनिक गरेको छ । उनी, खारस्थित एक घरको पाँचौ तलामा बस्ने गर्छिन् । जहाँ, कंगनाको ३ वटा फ्ल्याट छ । यो घर निर्माण पनि अवैध भएको भन्दै बीएमसीले नोटिस सार्वजनिक गरेको छ । यो घर निर्माणको मुद्दा अहिले अदालतमा चलिरहेको छ ।
कंगनाले ट्विट गर्दै लेखेकी छिन्–‘मुम्बइमा रहँदा मलाई निरन्तर आतंकित बनाउने काम गरियो । मेरो अफिसपछि मेरो घर तोड्ने कोशिश पनि गरियो । मलाई निरन्तर गाली आइरहेको छ । ममाथि हमला गर्नका लागि सुरक्षाकर्मी पनि तैनाथ थिए । म फेरि भन्न चाहन्छु कि, पीओकेको बिषयमा मैले बोलेको कुरा सही थियो ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३  असोज । नेपालमा ७ जिल्ला कोरोनामुक्त भएका छन । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ७ जिल्लामा

विराटनगर, ३ असोज । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले संविधान सबै जाति, भाषा, धर्म, संस्कृति, लिङ्ग, वर्ण र

वुटवल, ३ असोज । मुख्यमन्त्री शङ्कर पोखरेलले संविधान कार्यान्वयन हुँदै जाँदा सबै पक्षबाट स्वीकार्य पूर्ण सहमतिको दस्तावेजको रुपमा स्थापित भएको

भक्तपुर, ३ असोज । जुद्ध बारुण यन्त्र भक्तपुरको ७७ औं स्थापना दिवस कोरोना संक्रमणकाबीच एक संक्षिप्त कार्यक्रम गरी सम्पन्न भएको