काठमाडौँ, २९ भदौ । नायिका नीता ढुंगाना आज आफ्नो जन्मदिन मनाउँदैछिन् । हेटौडामा जन्मिएकी नायिका ढुंगाना चलचित्र ‘मितिनी’ मार्फत बालकलाकारको रुपमा चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन् ।
नीताले केही दिन अगाडि ‘श्रीमद्भगवत गीता’ नाममा वेव सिरिज बनाउने घोषणा गरेकी थिइन् । युटुब र टेलिभिजनमा प्रशारण हुने करिब ४० भागको यो वेव सिरिजलाई अब नीता आफैले निर्देशन गर्ने भएकी छिन् ।
आफ्नो जन्मदिनमा नीताले यो वेव सिरिज बनाउन लागेको जानकारी दिइन् । यो सिरिजमा रामजी लामिछानेको कोरियोग्राफी, वनिष शाहको सम्पादन, संजय लामाको छायांकन रहनेछ । नीता आफैले यो सिरिजको निर्माण गर्दैछिन् ।
नायिका ढुंगानाका अनुसार, यो वेव सिरिज निर्माणका लागि २ करोड बजेट लाग्नेछ । सेट तयार गर्न नै समय लाग्ने भएकाले २ महिनापछि मात्र यसको छायांकन सुरु हुनेछ ।