ललितपुरको तीन गाउँपालिकाले आकस्मिक बाहेकका सेवा भदौ ३१ गतेसम्म बन्द

ललितपुर, २५ भदौ । दक्षिण ललितपुरका तीनवटा गाउँपालिका कोन्ज्योसोम, बागमती र महाँकालले आकस्मिक बाहेकका सेवा भदौ ३१ गतेसम्म बन्द गर्ने भएका छन् । असोज १ गतेदेखि भने गाउँपालिका र वडाबाट प्रवाह हुने सेवालाई नियमित गरिने भएको छ । बिहिवार बसेको तीनवटै गाउँपालिका अध्यक्ष सम्मिलित अध्यक्ष फोरमको बैठकले तीनवटै गाउँपालिकाबाट प्रवाह गर्ने आकस्मिक बाहेकका सेवा भदौ ३१ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो ।

कोन्ज्योसोम गाउँपालिका र महाँकाल गाउँपालिकाको प्रवेश क्षेत्र विर्खेधारा, शङ्खु, सडक खण्डको भैरब गण अगाडि र नल्लु भन्ज्याङमा दुबै गाउँपालिकाको साझेदारीमा सीसी टीभी क्यामरा जडान गर्ने निर्णय गरिएको छ ।

फोरमले तीनवटै गाउँपालिकाको क्षेत्रभित्र भदौ २६ गतेदेखि लागू हुने गरी सवारी साधन सञ्चालन गर्ने, सवारी साधन सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड पालना गर्ने, भौतिक दुरी कायम गर्ने, सवारी साधनको ढोकामा स्यानिटाइजरको अनिवार्य व्यवस्था गर्नुपर्ने, माक्स यात्रु र सवारी चालकले अनिवार्य प्रयोग गर्नुपर्ने बैठकले निर्णय गरेको छ ।

तीनवटै गाउँपालिका बाहिरको क्षेत्रमा जिल्ला प्रशासन कार्यालयको आदेश बमोजिम कार्यान्वयन गर्नुपर्ने, सार्वजनिक सवारी साधन सञ्चालन गर्दा सञ्चालनले भाडाहरुमा नियम अनुसारको एकरुपताका साथ सञ्चालन गर्नुपर्ने अध्यक्ष फोरमद्वारा जारी संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।

निर्माण सामाग्री ढुवानी गर्ने सवारी साधन तीनवटै गाउँपालिका क्षेत्रभित्र नियमितरुपमा सञ्चालन गर्न दिने निर्णय गरिएको कोन्ज्योसोम गाउँपालिका अध्यक्ष गोपीलाल सिंतानले जानकारी दिनभयो ।

खाद्यान्न लगायत अन्य पसलहरुको हकमा भौतिक दुरी कायम गरी बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन गर्ने निर्णय भएको छ । पसल सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड बमोजिम भौतिक दुरी कायम गरी आवश्यक सुरक्षाका उपायसहित सञ्चालन गर्ने निर्णय गरिएको महाँकाल गाउँपालिका अध्यक्ष रामचन्द्र दाहाल, बागमती गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चन र कोन्ज्योसोम गाउँपालिका अध्यक्ष गोपीलाल सिंतानद्वारा संयुक्त रुपमा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

दक्षिण ललितपुरका तीनवटै गाउँपालिकाको अध्यक्ष फोरमको बैठक मासिक रुपमा एक पटक अनिवार्य बसी समयसामायिक विषयमा छलफल गर्ने निर्णय समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । नेपाली कांग्रेसभित्र आगामी १४औं महाधिवेशनमा पार्टी नेतृत्वका लागि १० जना आकांक्षी देखिएका छन् । कांग्रेसभित्र हाल कायम

भक्तपुर, ७ असोज । सूर्यविनायक नगरपालिकाको आफ्नो सुविधा सम्पन्न तथा आधुनिक आफ्नै भवनको निर्माणको क्रममा रहेको छ । कटुञ्जमा महेन्द्र

काठमाडौँ, ७ असोज । अनेरास्ववियू, नेपाल विद्यार्थी संघ लगायत १३ विद्यार्थी संगठनले सरकारले बढाएको ५० प्रतिशत भाडा वृद्धि खारेज गर्न

काठमाडौँ, ७ असोज । नेपालमा ६ जिल्ला कोरोनामुक्त भएका छन ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोनामुक्त