नेपालमा कोरोना संक्रमित प्रहरीको संख्या २५ सय ५८ पुग्यो

काठमाडौँ, २५ भदौ । नेपालमा चार डीआईजीसहित २५ सय ५८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौँ उपत्यकामा मात्रै ९०३ प्रहरी कोरोनाका सक्रिय संक्रमित छन् । ११ सय ३० जना उपचारपछि डिस्चार्ज भएका छन् ।

प्रहरी प्रधान कार्यालयमा कार्यरत १४२ र काठमाडौँ उपत्यकाका ७६१ जना सक्रिय संक्रमित छन् । प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार प्रदेश १ मा १३९, प्रदेश २ मा ६०, वाग्मती प्रदेशमा ८१, गण्डकीमा ८१, प्रदेश ५ मा १०७, कर्णाली प्रदेशमा ४४ र सुदूरपश्‍चिम प्रदेशमा १३ जना प्रहरी कोरोनाका सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न समिति गठन गरेको छ ।

काठमाडौँ, १६ चैत । आज राष्ट्रिय सभाको बैठक बस्दै छ । आज दिउँसो सवा एक बजे बैठक सुरु हुनेछ ।

काठमाडौँ, १६ चैत । सत्ता साझेदारीमा सहकार्य गरेका पाँच दलले इलाम–२ र बझाङ–१ (१) को उपनिर्वाचनमा आपसमा प्रतिस्पर्धा गर्ने भएका

काठमाडौँ, १६ चैत । नेपाल दूरसञ्चार प्राधिकरणका लागि ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) प्रणाली जडान गर्न उपकरण तथा परामर्श सेवा