अमेरिकाद्वारा चिनियाँ विद्यार्थीहरुकाे भिसा रद्द

एजेन्सी, २५ भदौ । अमेरिकाले एक हजारभन्दा धेरै चिनियाँ विद्यार्थी र अनुसन्धानकर्ताको भिसा रद्द गरेको छ ।

सुरक्षा जोखिमका कारण एक हजार चिनियाँ विद्यार्थी र अनुसन्धानकर्ताको भिसा रद्द गरेको अमेरिकी विदेश मन्त्रालयलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

ट्रम्प प्रशासनले बौद्धिक सम्पत्ति, प्रविधि र अरु संवेदनशील सूचनामा शङ्का देखिएको भन्दै उनीहरुको भिसा रद्द गरेको जनाएको छ । यसबारे चीनले केही प्रतिक्रिया दिएको छैन ।

सन् २०१८ देखि २०१९ मा झण्डै तीन लाख ७० हजार चिनियाँ विद्यार्थीले अमेरिकाको विश्वविद्यालयमा अनुमति पाएका थिए । चिनियाँ सेनासँग निकट सम्बन्ध रहेका विद्यार्थी र अनुसन्धानकर्तालाई अमेरिका प्रवेशमा कडाइ गर्ने गरी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको जुन १ तारिखमा एउटा आदेशमा हस्ताक्षर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ वैशाख । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले दीपेश पुनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

काठमाडौँ, ७ वैशाख । चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म ग्लोबल आइएमई बैंकको नाफा २४.१३ प्रतिशतले घटेको छ । गत

काठमाडौँ, ७ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस

काठमाडौँ, ७ वैशाख । दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधिका उपकरण खरिद प्रकरणमा पूर्वसचिव धनराज ज्ञवाली पनि तानिएका छन् । २०८० साउनमा