सिरहा कारागारका ५९ कैदी बन्दीमा कोरोना पुष्टि

जनकपुरधाम, २५ भदौ । सिरहा सदरमुकाम सिरहास्थित जिल्ला कारागारका ५९ जना कैदी बन्दीमा एकै पटक कोरोना संक्रमण पुष्टि भएको छ ।

कारागारका निमित्त प्रमुख बबिता महतोका अनुसार संक्रमिहरु सबै पुरुष हुन् भने केही दिनअघि पुर्पक्षका लागि ल्याइएका ७ जना थुनुवामा कोरोना संक्रमण देखिएपछि उनीहरुको कन्ट्याक्ट ट्रेसिङ्गको आधारमा अन्यको जाँच गराउँदा ५९ जनामा संक्रमण देखापरेको हो ।

महतोले प्रत्येक वर्ष भदौ महिनामा कैदी बन्दीमा भाइरल ज्वरो देखापरेको बताउँदै यसपटक पनि देखिँदा कोरोनाको आशंकामा परीक्षण गराइएको बताइन् । यद्यपि उनीहरुको रिपोर्ट पोजेटिभ आउँदा अन्य सबैको परीक्षण गराउनुपर्ने अवस्था आएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने कामसहितको २६ बुँदे सुझाव

काठमाडौँ, १५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।  अज

काठमाडौँ, १५ चैत । कर्जा प्रवाह बढ्न नसकेपछि ६ खर्ब ६१ अर्ब लगानीयोग्य रकम बैंकमै थुप्रिएको छ । अर्थतन्त्रका बाह्य सूचकमा

काठमाडौँ, १४ चैत । ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री शक्तिबहादुर बस्नेतले लोडसेडिङ हुन लागेको हल्ला सही नभएको दाबी गरेका छन्