सूर्यविनायक नगरपालिकाद्वारा स्वाब संकलनमा नयाँ प्रविधिको प्रयोग

भक्तपुर, २४ भदौ । सूर्यविनायक नगरपालिकाले केश इन्भेन्सिटिकेशन एण्ड कन्टयक टेङ्सिङ (सीआइसीटी) स्वास्थ्य टीम निर्माण गरी घर घरमै पुगेर कोरोना सङ्क्रमितको कन्ट्याक ट्रेसिङ गरी स्वाब सङ्कलन गर्न थालेको छ । उक्त कार्यलाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि नगरपालिकाले आफ्नै ट्रक (गाडी) मा स्वाब सङ्कलन भाइजर जडित कक्ष निर्माण गरी अस्पतालको ल्याब कक्ष जस्तै गरी स्वाब सङ्कलन गरेको छ ।

उक्त कक्षमा स्वास्थ्यकर्मी रुमभित्र बसी स्वाब दिने व्यक्ति बाहिर बसेर सानो प्वालबाट हात छिराएर स्वाब लिने गरिएको छ । उक्त कार्यले गर्दा स्वास्थ्यकर्मी, स्वाब दिने व्यक्ति सुरक्षित हुन्छ । उक्त बुथयुक्त सवारी साधनबाट जुनसुकै बेला पनि नगरपालिकाको सबै वडा र टोल टोलमा पुगी स्वाब संकलन गर्न सकिने सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्थानीय सरकारले नागरिकको स्वास्थ्यलाई उच्च प्राथमिकता दिएर व्यवस्थित रुपमा बुथको माध्यमबाट स्वाब संकलन गरी नागरिकलाई संक्रमणबाट बचाउनका लागि यो कार्य गरिएको हो । उहाँले स्थानीय सरकारले आमनागरिकको अभिभावकत्व ग्रहण गरी टोल टोलमा बुथ सहितका स्वास्थ्य प्राविधिक खटाइएको बताउनुभयो ।

सङ्क्रमित व्यक्तिहरुको कन्टायाक टेसिङमा रहेकाहरुलाई अस्पताल पुगेर स्वाब दिन, असहज भएपछि नगरपालिकाले स्वास्थ्यकर्मी नै टोल टोलमा पुगी स्वाब सङ्कलन गर्ने अवधारणा ल्याएको हो । कोरोना संकक्रमित परिवारलाई समुदायले असहयोग गरी अस्पतालसम्म पुग्न समस्या भएपछि नगरपालिकाले सङ्क्रमितको टोल टोलमा गएको हो ।

उक्त कार्य प्रभावकारी रुपमा सञ्चालन गर्न जनप्रतिनिधि, वडाध्यक्षसहितको पेसेन्ट रेस्पोन्स टीमले बिरामीको घर दैलोमै पुगी बिरामीको अवस्था घरको भौतिक पूर्वाधार, संक्रमित व्यक्तिबाट अन्य व्यक्तिमा संक्रमण फैलन सक्ने वा नसक्ने एकिन गरी होम आइसोलेशन वा नगरपालिकाले तोकेको आइसोलेशनमा पठाउन एकिन गरी संक्रमितको नजिकको सम्पर्कमा रहेका व्यक्तिको कन्ट्याक नामावली तयार गरी पाँचदिन देखि १० दिनसम्मको बीचमा स्वाब संकलन कार्य गरिदै आएको सूर्यविनायक नगरपालिका वडा नं. ७ का वडाध्यक्ष रबिन्द्र सापकोटाले जानकारी दिनुभयो ।

बुथको माध्यमबाट सङ्क्रमितको घर घरमै पुगेर स्वाब सङ्कलन गर्न थालिएपछि कोरोना सङ्क्रमण समुदायमा फैलनबाट रोकिदै आएको छ । बुथको माध्यमबाट घरघरैमा पुगेर स्वाब सङ्कन गर्ने काम नयाँ विधि भएको सूर्यविनायक नगरपालिका वडा नं. ८ का वडाध्यक्ष किरण थापाले बताउनुभयो ।

सूर्यविनायक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कलम ज्ञवालीले नगरपालिकाले नगरसभाबाट कोरोनाबाट सिर्जित समस्याको समाधान गर्नका लागि बजेट व्यवस्थापन गरेकाले अहिले कोरोना रोकथाम र नियन्त्रणको कार्य गर्न सहज भएको बताउनुभयो ।

सूर्यविनायक नगरपालिका स्वास्थ्य शाखा प्रमुख बसन्त चापाँइगाईले हालसम्म १७६ जना कोरोना संक्रमित भएकोमा १०६ जना निको भएका छन् । हाल ४६ जना होम आइसोलेशन र २० जना अस्पताल भर्ना भइ उपचारार्थ रहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म ४ जनाको कोरोनाबाट मृत्यु भएको छ । मृत्यु भएकाहरु दीर्घ रोगी भएको समेत सूर्यविनायक नगरपालिकाले जनाएको छ । अहिलेसम्म नगरपालिकाले ६४१ जनाको घरघरै पुगेर स्वाब सङ्कलन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनगढी, ७ वैशाख । सुदूरपश्चिम प्रदेश सरकारलाई समर्थन जनाएको नागरिक उन्मुक्ति पार्टीकी सांसद टीका थापाले मुख्यमन्त्रीलाई आफ्नो समर्थन नरहेको घोषणा

काठमाडौँ, ७ वैशाख । नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । बुधबार सम्पन्न पार्टीको सचिवालय बैठकले आगामी दशौँ राष्ट्रिय महाधिवेशनबारे

काठमाडौँ, ७ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस

काठमाडौँ, ७ वैशाख । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले तीन जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ । बढुवा हुनेमा लोक सेवा