कोरोना महामारीमा जनचेतनाको उदाहरणः बाटाघाटा जता ततै माक्स बाड्दै सांसद पहारी

पोखरा, २४ भदौ । विश्वमा नै महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणको डाक्टर तथा विज्ञका अनुसार सवैभन्दा उत्तम उपायको रुपमा लिइएको माक्स लगाउने, भौतिक दुरी कायम गर्ने तथा सेनेटाइजरको प्रयोग गर्ने नै रहेको छ ।

विश्वमा नै कुनै पनि खोप तथा औषधीको प्रयोगमा नआइसकेकाले प्राथमिक उपायको नै उत्तम विकल्प लिइएको छ । त्यसमा नेपाल पनि कुनै अछुतो रहेको छैन । जसमा आज थप १ हजार ८१ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ४९ हजार २ सय १९ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ९ सय १८ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ३३ हजार ८ सय ८२ जना रहेको छ । आज ६ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ३ सय १२ जना पुगेको छ ।

यसरी दिनानुदिन नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएता पनि निको हुनेको संख्या संक्रमण हुनेभन्दा बढी हुँदै गएको छ । यसले गर्दा कोरोनाबाट आत्तीन नभई सजकता र सावधानीको साथमा खानपानलाई नै जोड दिनुपर्ने विज्ञहरुले बताउने गरेका छन् ।

कोरोना रोकथाम तथा जनतालाई त्रासपूर्ण वातावरणबाट मुक्त गराउन सवै सरकारी तथा गैरसरकारी निकायको साथ साथै स्थानीय जनप्रतिनिधिको महत्वपूर्ण भूमिका रहेको हुन्छ । जनता भयवित हुनुभन्दा पनि उच्च सावधानी अपनाउनु जनचेतना फैलाउनु तथा उप्रेरणा दिनुपर्ने हुन्छ ।

यसै क्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशका सचिवालय सदस्य, पूर्वयुवा संघ नेपालका अध्यक्ष तथा गण्डकी प्रदेशका सांसद राजिव पहारीले उदाहरणीय कार्यको रुपमा जनताको घर घर, टोल टोल तथा बाटाघाटामा समेत माक्स वितरण गर्दै समाजलाई भयवित हुनबाट जोगाउन अहोरात्र खटिनुभएको छ । जसमा आज उहाँले टोल, वस्ती तथा सडकमा गरि ११ सय भन्दा बढी माक्स वितरण गर्नुभएको छ ।

‘अनिबार्य माक्स लगाऔं, कोरोनाबाट आफु पनि जोगिउ र अरुलाई पनि जोगाऔं’ भन्ने मान्यतालाई आत्मसात् गर्दै सांसद पहारीले आज पोखरा ६ बैदाममा क्रियाशिल जगदम्बा आमा समुह कि अध्यक्ष चन्द्रकला अधिकारि, मुलथोक टोल विकास अध्यक्ष हिरु पुन र बगलादि टोल विकास सदस्य सीता बास्तोलालाई ११ सय माक्स उपलब्ध गराउनुभयो ।

सांसद पहारीले कोरोनालाई लिभिङ टुगेदर जस्तै मान्दै राज्यका सम्पूर्ण गतिविधिहरुलाई चलायमान बनाउँदै जनताको दैनिक जीवनलाई अघि बढाउनुु पर्नेमा जोड दिँदै रोगले भन्दा भोकले पर्ने अवस्थालाई तत्काल सम्बोधन हुने गरी लाकडाउन र निषेधाज्ञाको विकल्प खाज्नुपर्नेमा समेत जोड दिनुभएको छ । उहाँले कोरोनाको रोकथामको लागि दैनिक रुपमा जनचेतनाको साथमा मास्क वितरण गर्दै आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । आज पनि सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन एक हजार

सप्तरी, ८ असोज । सप्तरीको सप्तकोसी नगरपालिकाले बुधबार रु ४६ करोड ८१ लाख ६७ हजार ४७० बराबरको वार्षिक बजेट पारित गर्दै

काठमाडौँ, ८ असोज । नेपाल राष्ट्र बैंकले आज बिहीबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ । xchange Rate for

काठमाडौँ, ७ असोज । आज पनि सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन घटेर प्रतितोला