काठमाडौँ, २४ भदौ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४६४ जना कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा ३९४, भक्तपुरमा ३६ र ललितपुरमा ३४ गरी ४६४ जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै काठमाडौंमा संक्रमितको संख्या ७ हजार ६११ पुगेको छ । ललितपुरमा एक हजार ११ र भक्तपुरमा ८१८ पुगेको छ ।