लुम्बिनीमा पर्यटक भित्र्याउने योजना बनाउन समिति गठन

काठमाडौँ, २४ भदौ । नेपाल पर्यटन बोर्डले गौतमबुद्धको जन्मस्थललाई पर्यटकीय उपजकारुपमा विकास र प्रवर्द्धन गरी पर्यटक भित्र्याउने योजना बनाउन समिति गठन गरेको छ ।

बुद्धिष्ट पर्यटन प्रवर्द्धन समिति नाम दिइएको यो समिति बोर्डका सीइओ डा। धनन्जय रेग्मीको संयोजकत्वमा गठन भएको हो । समितिको सहसंयोजक निजी क्षेत्रबाट विक्रम पाँडेलाई तोकिएको छ ।

बोर्डका अनुसार नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलमार्फत बुद्धको जन्मस्थलसम्म पर्यटक आयोजना योजना बनाउन यो समितिले काम गर्नेछ । यसबाहेक स्थलमार्गबाट लुम्बिनीमा अधिक संख्यामा पर्यटक ल्याउन सकिने सम्भावना बारे खोजी गर्ने बोर्डले जनाएको छ ।

समितिमा बौद्ध धर्मसँग सम्बन्धित सरोकारवाला निकायसँगै वरिष्ठ पर्यटन तथा होटेल व्यवसायीलाई समेत राखिएको छ । डा। सन्दुक रुइत, होटेल व्यवसायी अम्बिका श्रेष्ठ र कर्ण शाक्य, बुद्घ धर्म संस्कृतिका अध्यता प्रा।डा।रमेश ढुङ्गेललगायत समितिमा सदस्य छन् ।

लुम्बिनी विकास कोषले समेत समितिमा सक्रिय रुपमा काम गर्नेछ । समितिले बुद्घसँग सम्बन्धित स्थल तिलौराकोट, रामग्राम, देवदह, कुदान, गोटिहवा, निग्लिहवा, सगरहवाको प्रबर्धन, ब्राण्डीङ, सौन्दर्यीकरणको योजना बनाउने भएको छ । लुम्बिनीलाई अन्तर्राष्ट्रिय बजारहरुमा प्रचार प्रसारको मोडालिटी बनाउने जिम्मेवारी समेत समितिले पाएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ बैशाख । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘एसियाको भविष्य’का नेताको रुपमा छनौट गरेको छ ।

काठमाडौँ, २ बैशाख । गिजरा खाँडसारी मिल्स प्रालिले उद्योग सञ्चालन गर्न तीन दशकअघि हदबन्दी छुट पाएको १ सय ८० बिघा

काठमाडौँ, २ बैशाख । गण्डकी प्रदेश सरकारलाई चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले दिँदै आएको समर्थन फिर्ता लिएको छ । पार्टी

काठमाडौँ, २ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी प्रस्ताव निर्णयार्थ संसद्मा पेस

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021