कोरोना महामारीबीच स्वदेश फर्किए ११ लाख नेपाली

काठमाडौँ, २४ भदौ । कोरोना महामारी सुरु भएयता करिब ११ लाख नेपाली भारत तथा तेस्रो मुलुकबाट नेपाल भित्रिएका छन् ।

सरकारले कोरोना महामारी सुरु भएपछि गत ११ चैतमा देशभर लकडाउन घोषणा गरेको थियो । त्यसयता भारतबाट मात्रै विभिन्न नाका हुँदै स्थलमार्गबाट १० लाख बढी नेपाली स्वदेश आएका छन् । यस्तै, भारतबाहेक तेस्रो मुलुकबाट ११ चैतयता मंगलबारसम्म ५७ हजार नेपाली स्वदेश आएका छन् ।

प्रतिनिधिसभातर्फ काठमाडौँबाट निर्वाचित सांसदहरूको मंगलबार ज्ञापनपत्र बुझ्दै उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले लकडाउन सुरु भएयता मात्रै विभिन्न नाका हुँदै भारतबाट मात्रै १० लाख बढी नेपाली स्वदेश आएको बताए ।

‘नेपाली श्रमिकहरू भारतलगायत विभिन्न मुलुकमा छन्, लकडाउन सुरु भएपछि १० लाख बढी श्रमिक भारतबाट मात्रै स्थल मार्ग हुँदै आएको गृह मन्त्रालयको तथ्यांकले देखाउँछ । भारतबाहेक तेस्रो मुलुकबाट पनि उद्धार गरी यस बीचमा नेपाली श्रमिक र विदेशमा अलपत्र परेका नेपालीलाई ल्याइएको छ,’ उपप्रधान एवं रक्षामन्त्री पोखरेलले भने ।

सरकारले कोरोना महामारी सुरु भएपछि भारतमा रोकिएका नेपालीलाई ल्याउन भन्दै २० वटा विभिन्न नाका खुला गरेको थियो । तर अहिले भने १० नाका मात्रै खुला गरिएको छ ।

अध्यागमन विभागका महानिर्देशक रमेशकुमार केसीका अनुसार लकडाउन सुरु भएपछि हवाई मार्ग हुँदै न्यून संख्यामा केही विदेशीसहित ५६ हजार नेपाली स्वदेश आएको जानकारी दिए । यस बीचमा २६ हजार नेपाली भने बाहिरिएको विभागको तथ्यांकमा उल्लेख छ । यो खबर आजको राजधानी दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ बैशाख । काठमाडौँ र भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । काठमाडौँको माकलबारीमा गएराति बा

काठमाडौँ, २ बैशाख । नेपालका विभिन्न भेगका लागेको डढेलो नियन्त्रण हुन नसक्दा अझै वायु प्रदूषण थामिएको छैन । देशका ३७७

वि.सं.२०७८ साल बैशाख ०२ गते । बिहीबार । ईश्वी सन् २०२१ अप्रिल १५ तारिख । नेपाल संवत् ११४१ । राक्षस

काठमाडौँ, १ वैशाख । विश्वव्यापीरूपमा बढ्दो वातावरणीय समस्याको न्यूनीकरण तथा संरक्षणमा पूर्वीय संस्कृति एवं सभ्यताको प्रचारप्रसार गराउने उद्देश्यले विश्व वन्यजन्तु

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021