विद्यालयको पाठ्यभार घटाउने तयारी

काठमाडौँ, २४ भदौ । कोरोना भाइरस (कोभिड–१९) का कारण अवरोध आएपछि विद्यालय शिक्षाको पाठ्यक्रमको संश्लेषण गर्ने गृहकार्य सुरु गरिएको छ । वैकल्पिक विधिलाई नै मूलधारको सिकाइ मानेर नयाँ शैक्षिक सत्र प्रारम्भ भएको घोषणा गर्ने सरकारी तयारीसँगै कक्षा १० सम्मको पाठ्यक्रमको संश्लेषण कार्य अगाडि बढाइएको हो । संश्लेषणपछि पाठ्यभार घट्ने छ ।

पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशव दाहालले विद्यालय शिक्षाको पाठ्यक्रमलाई संश्लेषण गर्ने कार्यमा विषयगत समितिमा विज्ञहरूले काम गरिरहेको जानकारी दिए । भदौभित्र यसको काम पूरा गरी संश्लेषित पाठ्यक्रम विद्यालय र शिक्षकसम्म पु¥याउने योजना छ ।

यस वर्षको शैक्षिक सत्रको झन्डै पाँच महिना बितिसकेकाले यस अवस्थामा पाठ्यक्रमलाई यथावत् रूपमा अघि बढाउन सम्भव छैन । विषयगत समितिले संश्लेषित पाठ्यक्रम तयार पारेपछि पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले त्यसलाई स्वीकृति दिनेछ । त्यसपछि संश्लेषित पाठ्यक्रम विद्यालयमा पु¥याइनेछ ।

कुन कक्षामा कति प्रतिशत पाठ्यक्रमको भार घटाउने भन्ने नीतिगत निर्णय गरिएको छैन । महानिर्देशक दाहालले विद्यार्थीको न्यूूनतम सिकाइ उपलब्धि सुनिश्चित हुने गरी पाठ्यक्रम संश्लेषण गरिने बताए। माथिल्लो कक्षामा अध्ययन गर्नका लागि चाहिने न्यूनतम सिकाइ पुग्ने गरी पाठ्यक्रम संश्लेषण गरिनेछ । छोट्याइएको पाठ्यक्रमले निर्देशित गरेभन्दा विद्यार्थीले धेरै सिकाइ उपलब्धि हासिल गर्न सक्ने तर न्यूनतम उपलब्ध भने सुनिश्चित गरिनुपर्ने छ । यो समाचार आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ बैशाख । थप ६ सय ३ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ८१ हजार ५

काठमाडौँ, १ बैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय कञ्चनपुरका मालपोत अधिकृत लोकराज जोशीविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौँ, १ बैशाख । कारोनाविरुद्धको खोपको पहिलो मात्रा लगाइसकेका नागरिकले दोस्रो मात्रा २०७८ वैशाख ७ देखि ११ गतेसम्म लगाउन पाउने

काठमाडौँ, १ बैशाख । आजदेखि नयाँ वर्ष प्रारम्भ भएको छ । आज नेपालमा र विदेशमा रहेका नेपालीले हर्षाेल्लासका साथ एक

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021