चिनियाँ सेनाले भारतीयलाई कब्जामा लिएको आरोप

काठमाडौँ, २३ भदौ । भारत र चीनबीच तनाव बढिरहेका बेला चिनियाँ सेनाले ५ जना भारतीय नागरिकलाई कब्जामा लिएको भन्दै भारतीय सेनाले एक सन्देश पठाएको छ ।

भारतीय सेनाका अनुसार उनीहरूलाई सीमावर्ती भारतीय राज्यबाट नियन्त्रणमा लिइएको हो । दुई दिनअघि अरुणाचल प्रदेशका एक सांसदले ट्वीट गर्दै ५ जना भारतीयलाई चिनियाँ सेनाले नियन्त्रणमा लिएको आरोप लगाएका थिए ।

सांसद तापिर गाओले ट्वीट गर्दै सेप्टेम्बर ३ मा सीमाक्षेत्रनजिकै ५ जना नागरिकलाई चिनियाँ सेनाले कब्जामा लिएको आरोप लगाएका हुन् । यद्यपि, उनले त्यसबारे विस्तृत विवरण सार्वजनिक गरेका छैनन् । त्यसपछि एक भारतीय मन्त्रीले चिनियाँ सेनालाई ‘हटलाइन सन्देश’ पठाइएको बताएका छन् । अल्पसंख्यक कार्य राज्यमन्त्री किरेन रिजिजुले सीमा तनाव अन्त्यका लागि सन्देश पठाइएको जनाए ।

एक पत्रकारको प्रश्नको जवाफमा रिजिजुले भारतीय सेनाले उक्त घटनाबारे चिनियाँ पक्षको जवाफ पर्खिरहेको बताएको बीबीसीले उल्लेख गरेको छ । चिनियाँ विदेश मन्त्रालयका एक प्रवक्ताले भने घटनाबारे आफूलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिएका छन् । तर यो घटनाले दुई देशबीच तनाव थप बढ्न सक्ने ठानिएको छ ।

चीनले सीमा क्षेत्रमा सैन्य तनावका लागि उक्साउने काम गरिरहेको आरोप भारतले लगाएको छ । भारतले अगस्ट पहिलो सातामा दुईपटक यस्तो आरोप लगाएको थियो । तर चीनले उक्त आरोप अस्वीकार गर्दै आएको छ ।

गत जुन १५ को राति गलवान उपत्यकाको एलएसी क्षेत्रमा भारत र चीनका सैनिकबीच हिंसात्मक झडप भएयता दुई देशबीचको सम्बन्ध थप तनावपूर्ण बनेको हो । झडपमा २० भारतीय सैनिक मारिएका थिए । घटनामा ७६ जना भारतीय सैनिक घाइते भएका थिए । चिनियाँ पक्षतर्फ भएको क्षतिबारे भने कुनै जानकारी सार्वजनिक गरिएको थिएन । उक्त घटनापछि दुवै पक्षबीच एलएसीको पूर्वसहमतिलाई उल्लंघन गरेको आरोप–प्रत्यारोप चल्दै आएको छ ।

सीमाक्षेत्रमा जारी तनाव अन्त्यको पहलका लागि भारतीय रक्षामन्त्री राजनाथ सिंहले दुई दिनअघि रुसको राजधानी मस्कोमा चिनियाँ समकक्षीलाई भेटेका थिए ।

त्यसले चाँडै तनाव कम गराउन संवाद अघि बढ्ने अपेक्षा गरिएको भए पनि दुई देशबीचको वाक्युद्ध जारी छ । चीनले सीमा क्षेत्रको तनावका लागि भारत ‘पूर्णरूपमा’ जिम्मेवार रहेको आरोप लगाउँदै आएको छ भने भारतले ‘आफ्नो एक इन्च भूभाग पनि नछाड्ने’ बताएको छ ।

त्यसका साथै चीनले सीमा क्षेत्रमा ठूलो संख्यामा सैनिकहरू परिचालन गरेको र उनीहरूले आक्रामक व्यवहार देखाएको भारतीय आरोप छ । दुवै देशले बारम्बार एकअर्कालाई हिमालय क्षेत्रको लद्दाखमा सीमा पार गरेर हिंसा भड्काउन खोजेको आरोप लगाउने गर्छन् । विश्लेषकहरूले जुनदेखि सीमा क्षेत्रमा संवेदनशील अवस्था रहेको बताउने गरेका छन् ।

दुई देशबीच विभिन्न चरणमा सैन्य र कूटनीतिक वार्ताहरू भए पनि परमाणु समस्या समाधान भने हुन सकेको छैन । भारत र चीनबीच करिब ३ हजार ५ सय किलोमिटर लामो सीमा जोडिएको छ । त्योमध्ये करिब आधा दर्जन क्षेत्रमा दुई देशबीच दशकौंदेखि विवाद रहँदै आएको छ । कतिपय भूभागमा त दुवै देशले आफ्नो दाबी गर्दै आएका छन् । सीमा विवादलाई नै लिएर सन् १९६२ मा भएको युद्धमा भारतले नराम्रो पराजय भोगेको थियो । याे समाचार आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ बैशाख । काठमाडौँ र भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । काठमाडौँको माकलबारीमा गएराति बा

काठमाडौँ, २ बैशाख । नेपालका विभिन्न भेगका लागेको डढेलो नियन्त्रण हुन नसक्दा अझै वायु प्रदूषण थामिएको छैन । देशका ३७७

वि.सं.२०७८ साल बैशाख ०२ गते । बिहीबार । ईश्वी सन् २०२१ अप्रिल १५ तारिख । नेपाल संवत् ११४१ । राक्षस

काठमाडौँ, १ वैशाख । विश्वव्यापीरूपमा बढ्दो वातावरणीय समस्याको न्यूनीकरण तथा संरक्षणमा पूर्वीय संस्कृति एवं सभ्यताको प्रचारप्रसार गराउने उद्देश्यले विश्व वन्यजन्तु

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021