कोरोना संक्रमित प्रहरीको संख्या २३ सय नाघ्यो

काठमाडौँ, २२ भदौ । काठमाडौँ उपत्यकासहित देशभर कोरोना संक्रमित प्रहरीको संख्या बढ्दै गएको छ ।

काठमाडौँ उपत्यकामा मात्रै ७४८ प्रहरी कोरोनाका सक्रिय संक्रमित छन् । हालसम्म प्रहरीमा तीन डीआईजीसहित कोरोना संक्रमितको संख्या दुई हजार तीन सय १७ पुगेको छ । जसमध्ये १३ सय ५० जना सक्रिय संक्रमित छन् ।

९६७ जना उपचारपछि डिस्चार्ज भएका छन् । प्रहरी प्रधान कार्यालयमा कार्यरत ८४ र काठमाडौं उपत्यकाका ६६४ जना सक्रिय संक्रमित छन् ।

प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार प्रदेश १ मा २१६, प्रदेश २ मा ६८, वाग्मती प्रदेशमा ६९, गण्डकीमा ८३, प्रदेश ५ मा १०८, कर्णाली प्रदेशमा ४१ र सुदूरपश्चिम प्रदेशमा १७ जना प्रहरी कोरोनाका सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असोज । प्रहरीले २२ बालबालिकाको मुन्द्रा लुट्ने एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दी घर भई हाल

गोरखा, ७ असोज । गोरखामा लेकमा जडिबुटी खोज्न जाने क्रममा भीरबाट लडेर एक युवकको मृत्यु भएको छ । गाउँपालिका अध्यक्ष

काठमाडौँ, ७ असोज । एनसेलले सामाजिक सञ्जाल टिकटक र फेसबुकका लागी नन्स्टप आकर्षक योजना ल्याएको छ । एनसेल आजियाटा लिमिटेड (पहिले

काठमाडौँ, ७ असोज । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका २ मा स्कारपियो जिप रमोटरसाइकल पहिरोले पुरिँदा एकजनाको मृत्यु भएको छ भने दुईजना