सुर्खेत, २२ भदौ । कर्णाली प्रदेश सभाका सांसद दिनबन्धु श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला प्रयोगशालामा गरिएको परीक्षणमा श्रेष्ठलाई संक्रमण पुष्टि भएको हो ।
उनका अनुसार जुम्लामा दिनहुँ संक्रमणको दर बढ्दो रहेको र उनलाई भेट्न धेरै कार्यकर्ता आउन थालेपछि पीसीआर परीक्षण गराउदा आफुलाई कोरोना संक्रमण पुष्टि भएको बताएका छन ।
उनले आफू होम आइसोलेसनमा रहेको कुनै लक्षण नदेखिएको अध्यक्ष श्रेष्ठले बताए । साथै उनले आफ्नो सम्पर्कमा रहेकाहरुलाई पनि नआत्तिन आग्रह गर्दै सबैको पीसीआर परीक्षण गर्ने काम हुने बताए ।