कतारबाट आज १४१ जना नेपाली स्वदेश फर्किए

काठमाडौँ, २२ भदौ । आज कतारबाट ३४ औं उडानमार्फत एक सय ४१ जना नेपाली स्वदेश फर्किएका छन् ।

कतारको दोहाबाट काठमाडौँका लागि हिमालय एयरलाइन्सको एच ९५६३२ को उडानमार्फत नेपाल फर्किएका हुन् ।

कोभिड १९ का कारण असहज परिस्थितिमा परेका र तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरु स्वदेश फर्किएको कतारमा रहेको नेपाली दूतावासले जनाएको छ ।

त्यहाँ समस्यामा परेका नेपालीहरुले दूतावासको नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराएका थिए । तिनैमध्येबाट प्राथमिकताको आधारमा नेपाल पठाइएको दूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असोज । प्रहरीले २२ बालबालिकाको मुन्द्रा लुट्ने एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दी घर भई हाल

गोरखा, ७ असोज । गोरखामा लेकमा जडिबुटी खोज्न जाने क्रममा भीरबाट लडेर एक युवकको मृत्यु भएको छ । गाउँपालिका अध्यक्ष

काठमाडौँ, ७ असोज । एनसेलले सामाजिक सञ्जाल टिकटक र फेसबुकका लागी नन्स्टप आकर्षक योजना ल्याएको छ । एनसेल आजियाटा लिमिटेड (पहिले

काठमाडौँ, ७ असोज । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका २ मा स्कारपियो जिप रमोटरसाइकल पहिरोले पुरिँदा एकजनाको मृत्यु भएको छ भने दुईजना