कोरोना संक्रमितको लहरमा भारत दोस्रो स्थानमा

काठमाडौँ, २२ भदौ । भारतमा पछिल्लो समय दिनानुदिन कोरोना भाइरस संक्रमणको ग्राफ उकालो लागिरहेको छ ।

अहिलेसम्म सबैभन्दा बढी संक्रमित रहेको देश अमेरिका छ, भारत दोस्रो स्थानमा पुगेको छ । तर दैनिक संक्रमणका केस नियाल्दा भने भारत पहिलो स्थानमा छ ।

भारतमा आइतबार एकैदिन हालसम्मकै बढी ९१ हजार ७२३ संक्रमित फेला परेको विभिन्न तथ्यांक निकाल्ने संस्था वर्ल्डोमिटर्सले जनाएको छ । शनिबार पनि त्यहाँ एकैदनि ९० हजार ६०० संक्रमित फेला परेका थिए । तथ्यांक अनुसार भारतमा अहिलेसम्म कोरोना संक्रमित हुनेको कुल संख्या ४२ लाख २ हजार ५६२ पुगेको छ ।

आइतबार नै भारतले ब्राजिललाइ समेत उछिनेर सर्वाधिक संक्रमित हुनेको लहरमा दोस्रो स्थानमा उक्लिएको हो । भारतमा संक्रमित बढेसँगै मृत्यु हुनेको संख्या पनि बढिरहेको छ । त्यहाँ कोरोनाकै कारण आइतबार १ हजार ८ जनाको मृत्यु भएको छ । शनिबार पनि १ हजार ४४ जनाले ज्यान गुमाएका थिए । यससँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउने कुल संख्या ७१ हजार ६८७ पुगेको छ ।

आइतबार एक दिनमा त्यहाँ ६९ हजार ६२४ जना संक्रमणमुक्त भएका छन् । शनिबार पनि एकैदिन त्यहाँ ७३ हजार १६१ जना संक्रमित कोरोनामुक्त भएका थिए । यससँगै हालसम्म भारतमा कुल संक्रमितमध्ये ३२ लाख ४७ हजार २९७ जना कोरोनामुक्त भएका छन् भने ८ लाख ८३ हजारभन्दा बढीमा भाइरस सक्रिय छ ।

भारतीय स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार त्यहाँ सबैभन्दा बढी संक्रमित महाराष्ट्र राज्यमा फेला परेका छन् । राजधानी दिल्लीमा पनि सङ्क्रमितको सङख्यामा उल्लेख्य वृद्धि भइरहेको छ । भारत सरकारले अर्थतन्त्र जोगाउन भनी व्यापार र यातायात पुनस् खोल्दै गर्दा सङक्रमितको सङ्ख्या पनि ह्वात्तै बढेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असोज । प्रहरीले २२ बालबालिकाको मुन्द्रा लुट्ने एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दी घर भई हाल

गोरखा, ७ असोज । गोरखामा लेकमा जडिबुटी खोज्न जाने क्रममा भीरबाट लडेर एक युवकको मृत्यु भएको छ । गाउँपालिका अध्यक्ष

काठमाडौँ, ७ असोज । एनसेलले सामाजिक सञ्जाल टिकटक र फेसबुकका लागी नन्स्टप आकर्षक योजना ल्याएको छ । एनसेल आजियाटा लिमिटेड (पहिले

काठमाडौँ, ७ असोज । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका २ मा स्कारपियो जिप रमोटरसाइकल पहिरोले पुरिँदा एकजनाको मृत्यु भएको छ भने दुईजना