ठूला सञ्चार गृहलाई प्रेस संगठनको चेतावनीः शोषक र सामन्ती प्रवृत्ति बन्द गर्नुस्

काठमाडौँ, २१ भदौ । पत्रकारहरुको देशकै ठूलो संगठन प्रेस संगठन नेपालको उपत्यका प्रदेश कमिटीले कोभिड १९ का कारण उत्पन्न विषम परिस्थितिमा ठूला भनिएका सञ्चारमाध्यमहरुले नै श्रमजीवी पत्रकारहरुलाई विभिन्न बहानामा दुख दिनु निन्दनीय रहेको बताएको छ । त्यतिमात्र होइन, यस्तो बेला पत्रकारलाई तलबसमेत नदिइ दुख दिनु शोषक र सामन्ती प्रवृत्ति भएको समेत संगठनको भनाइ छ ।

प्रदेश कमिटीका संयोजक नवराज दाहाल र सहसंयोजक प्रकाश सिलवालले एक विज्ञप्ती जारी गर्दै कोरोनाको बहानामा रोजगारीको हक कुण्ठित हुनेगरी सेवाबाट हटाउने, आधा तलब दिने, काम गर्न वा नगर्न मनोवैज्ञानिक दवाव दिने दरवन्दी नै नभएका स्थानमा दुःख दिने नियतले सरुवा गर्ने, तोकिएको तलव र पारिश्रमिक समयमा नदिने प्रवृति बढेकोमा त्यसो नगर्न चेतावनी समेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असोज । नेपाल प्रहरीमा कोरोना संक्रमितको संख्या ३९ सय १२ पुगेको छ । जसमध्ये १९ सय ३ जना सक्रिय

काठमाडौँ, ७ असोज । नेपाली सञ्चारमाध्यममा चिनियाँ पक्षले हुम्लास्थित नेपाल–चीन सीमा क्षेत्रको नेपाली भूभागमा भवन निर्माण गरेको समाचारलाई लिएर काठमाडौंस्थित

काठमाडौँ, ७ असोज । सरकारले दशैँका लागि असोज १५ पछि यात्रुहरुको चाप र माग अनुसार हवाई उडान थप गर्ने भएको छ

काठमाडौँ, ७ असोज । साझा यातायातका लामो दूरीका बस आज बुधबारदेखि चल्दैछन् । \ आज साँझदेखि बस सेवा सुरु हुने साझाले