रगतको अभाव हुन नदिन सांसद बस्नेतको जोडः सूनपाद्वारा नेपालमै पहिलोपटक घुम्ति स्वाब संकलन शुरु

भक्तपुर, २१ भदौ । विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणका कारण नेपाल भर रगतको अभाव भइरहेको समयमा भक्तपुरमा भने रगतका अभाव हुन नदिने विभिन्न व्यक्ति, संस्था तथा सामाजिक अभियान्ताहरु अहोरात्र खटिरहेका छन् ।

रक्तदान जीवनदान भन्ने मुख्य मान्यतालाई आत्मसात् गर्दै भक्तपुर जिल्लाभर प्राय दैनिक जसो रक्तदान कार्यक्रमहरु आयोजना भइरहेका छन् । जिल्लाका ४ वटा नगरपालिकाका टोल टोलमा रक्तदान भईरहेका छन् । जसमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले विशेष भूमिका निर्वाह गर्दै आउनुभएको छ । काठमाडौँ उपत्यकामा रगतको अभाव भए भक्तपुरबाट उपलब्ध गराउने गरी रेडक्रस तथा विभिन्न संघसंस्थासँग उहाँले समन्वय गर्दै सामाजिक सेवामा समर्पित भइरहनुभएको छ ।

यसै क्रममा आज सांसद बस्नेतको प्रमुख उपस्थितिमा नेपाल रेडक्रश गुण्डू उपसाखासँगको समन्वयमा सामाजिक विकासका लागि बहुमुखी संस्थाद्वारा ॐहरिहर देवालय सूर्यविनायक नगरपालिका वडा नं. ७ तिथलीमा भौतिक दूरी कायम गर्दै आयोजित रक्तदान कार्यक्रममा ४७ जनाले रक्तदान गर्नुभएको छ । त्यस्तै नेपाल रेडक्रश गुण्डू उपसाखा संगकाे समन्वयमा गुण्डू जागरुक युवा क्लवद्वारा हिमाल एकेडेमीकाे प्राङ्गणमा सामाजिक दूरी कायम गर्दै रक्तदान गरिएको थियो ।

नेपालमा नै पहिलोपटक सूर्यविनायक नगरपालिकाद्वारा घुम्ति स्वाब संकलन शुरु

कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणको लागि नेपालमै पहिलो पटक सूर्यविनायक नगरपालिकाले आजबाट घूम्ती स्वाब संकलन बूथ संचालन गरेको छ । कोरोना संक्रमण समुदायस्तरमा फैलिनबाट रोक्न नगरपालिकाले जोखिमयुक्त वडा र टोलको पहिचान गरी आफ्ना स्वास्थ्यकर्मीको टोली मार्फत् कन्ट्रयाक्ट ट्रेसिङ्ग गर्दै स्वाब संकलन अभियान सुरु गर्दै आईरहेकोमा आजबाट घूम्ती बुथ पनि संचालनमा ल्याएको हो । यसले स्वाब संकलन कार्यमा थप प्रभावकारी बन्ने अपेक्षा गरिएको छ ।

नगरपालिकाको आर्थिक सहयोगमा सूर्यविनायक विरदल गणको सहकार्यमा टोल टोलमा घुम्ति स्वाब संकलन शुरु गरिएको हो । गणका गणपति शिवप्रसाद पौडेलको नेतृत्वमा सामाजिक सेना तथा विकास निर्माणको कार्यमा अहोरात्र खटिरहेको छ ।

स्वाब संकलन कार्यमा मेयर बाुशुदेव थापा, उपमेयर जुना बस्नेत, प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवाली, गणपति शिप प्रसाद पौडेल, सम्बन्धीत जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी तथा स्थानीयवासीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

महेन्द्रनगर, १० असोज । कोरोना कहरका बीच सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले शुक्रबारदेखि अनलाइन प्रणालीबाट परीक्षा सञ्चालन गरेको छ । मुलुककै शैक्षिक गतिविधि

पोखरा, १० असोज । पर्यटकीय राजधानी पोखरामा यस वर्ष पर्यटन दिवसको रौनक छैन । हरेक वर्ष सेप्टेम्बर २७ को पूर्वसन्ध्यामा

काठमाडौँ, १० असोज । नेपालमा आज थप ८ जनाको कोरोनाबाट मृत्यु भएसँगै कुल मृतकको संख्या ४६७ पुगेको छ । स्वास्थ्य मन्त्रालयका

काठमाडौँ, १० असोज । थप १२ सय ७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ७१ हजार ८ सय