कोभिड–१९ महामारीले शिक्षा क्षेत्रमा पारेको प्रभाव ‘एक समिक्षा’

नरेश्वर ज्ञवाली

आधुनिक विश्वमा कोभिड–१९ अर्थात कोरोना भाइरसले महामारीको रुपलिएको आधावर्ष पारगरिसकेको छ । विश्वब्यापी महामारीको रुपलिएको यो भाइरसले संसारका समग्र राष्ट्र, राज्य, समाज र मानवजीवनको हरेक क्षेत्रमा गम्भीर प्रभाव पारीरहेको छ । यो आलेख तयार गरिरहँदा सम्म संसारमा २,६७,३७,६४६ जना संक्रमित भएका छन् भने करिब ९ लाख हाराहारिको मृत्यु भैसकेको छ । नेपालमा पनि कोरोनाबाट ४६,२५७ संक्रमण भएका छन भने २८९ जनाको मृत्यु भइसकेको छ । २८९४१ जना निको भएका छन ।

हाल यो भाइरस संक्रमण देशको राजधानी काठमाडौँमा महामारीको रुपमा देखिएको छ । यसरी नेपाल पनि कोभिड–१९ संक्रमणबाट अछुतो बन्न सकेन । यसले संसारका अन्य मुलुकहरुमा जस्तै हाम्रो देशको हरेक क्षेत्रमा गम्भीर असर पारिरहेको छ । अन्य क्षेत्रहरु जस्तै लाखौं लाख बालबालिकाको भविष्यसँग जोडिएको शिक्षा क्षेत्र नराम्ररीनै प्रभावित भैरहेको छ ।

यहि अवस्था रहिरहेको खण्डमा कसरि चालु शैक्षिक सत्रलाई कसरी चलायमान बनाउन सकिन्छ ? यो सबैको चिन्ताको विषय हो । स्कुल कलेज तथा बिश्वविद्यालयका सबै तहका परिक्षाहरु रोकिएका छन् । सरकारी वा प्राइभेट सबै विद्यालयहरुमा सबै तहमा भर्नाहरु भएका छैनन् । विदार्थी संख्यालाई हेर्ने हो भने देशभरको निम्न आकडाले कहाली लाग्दो अवस्थाको चित्रण गर्दछ । जस्तै, बालविकास तहमा सामुदायीक तर्फ ५५५०७५, संथागत तर्फ ५५०४८६ र जम्मा ११०५५६१, आधारभुत तहमा सामुदायीक तर्फ ३८०६६३९, संथागत तर्फ १५१२३६५ जम्मा ५३१९००४, माध्यमिक तहमा सामुदायीक तर्फ १२२१४४४, संथागत तर्फ ४८११७४ जम्मा १७०२६१८ गरी जम्मा सामुदायीक तर्फ ५५८३१५८, संथागत तर्फ २५४४०२५ गरी जम्मा ८१२७१८३ रहेका छन् । (स्रोत : शिक्षा तथा मानवस्रोत विकास केद्र २०१९)

यसरी ८० लाख भन्दामाथीका बालबालिका तथा युवा जन शक्तीको भविष्य अन्धकार जस्तो भएको छ । यसको ब्यवस्थापन गर्नु र शैक्षिक सत्रलाई खेरजान नदिनु हाल गम्भीर चुनौति भएको छ । संसारका अन्य मुलुकहरुको प्रयोगले पनि के देखाउँछ भने विश्व स्वास्थ्य संगठनको स्वास्थ्य मापदण्ड कायम राखेर हामीले पनि विद्यालय सञ्चालन गर्नुको अब बिकल्प छैन ।

अहिले हाम्रो देशमा हाल जुनरुपमा अनलाइन कक्षाहरु भैरहेका छन् त्यसले घर घरमा खाली बसेका वालवालिकाहरुलाई केहि राहत त मिलेको छ तर त्यो पर्याप्त छैन । किनभने देशको दुर्गम जिल्ला तथा बिपन्न बर्गका बालबालिबाहरु त्यसको पहुँच भन्दा टाडानै छन । इन्टरनेटको सुबिधा भएका ठाउँहरुमा समेत गुणस्तरको समस्याले कक्षाहरु प्रभावकारी बन्न सकिरहेको छैनन । त्यसकारण पनि अब हरेक विद्यालयहरुले स्वास्थ्यको मापदण्डलाइ कडाइका साथ लागु गर्ने ब्यवस्थापन गर्दै विद्यार्थी भर्ना गरि कक्षा सञ्चालन गराउन सरकारले निर्देशन दिनुनै अबको अवस्थामा उचित देखिन्छ ।

बैशाख देखिनै नयाँ शैक्षिकसत्र सुरु हुनु पर्ने थियो तर कोरोना भाइरस महामारीले गर्दा त्यो सम्भव भएन । एउटा कक्षामा उतिर्ण विद्यार्थीहरु अर्को कक्षामा भर्ना हुन पाएका छैनन् । विद्यार्थीले विद्यालय र विद्यालयले विद्यार्थी चिन्न पाएका छैनन् । यस्तो अब धेरैदिन राख्न हुँदैन । कोभिड–१९ संक्रमणको कारण देशका धेरै भन्दा धेरै विद्यालयहरुलाई क्वारेन्टाइन बनाइएको थियो । हालपनि केहि विद्यालयहरुमा क्वारेन्टाइन हुन सक्छ । अब राज्यले विद्यालयलाई पूर्ण सुरक्षित बनाउनु पर्दछ र सामाजिक दुरि कायम गरेर विद्यालय सञ्चालन गरि लाखौ लाख विद्यार्थीको भविष्यलाई बर्बाद हुनबाट रोक्नु पर्दछ ।

विद्यालयहरुमा जुनकक्षामा विद्यार्थी सख्या बढि हुन्छ त्यस्तो कक्षालाई अल्टरनेट डे को रुपमा कक्षा सञ्चालन गरि शुरु गर्नुनै उत्तम हुन्छ । अब यी सबै किसिमको चुनौतिहरुलाई सरकारले तुरुन्त सम्बोधन गर्न जरुरी छ ।

काठमाडौँ ३१ बानेश्वर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनगढी, ७ वैशाख । सुदूरपश्चिम प्रदेश सरकारलाई समर्थन जनाएको नागरिक उन्मुक्ति पार्टीकी सांसद टीका थापाले मुख्यमन्त्रीलाई आफ्नो समर्थन नरहेको घोषणा

काठमाडौँ, ७ वैशाख । नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । बुधबार सम्पन्न पार्टीको सचिवालय बैठकले आगामी दशौँ राष्ट्रिय महाधिवेशनबारे

काठमाडौँ, ७ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस

काठमाडौँ, ७ वैशाख । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले तीन जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ । बढुवा हुनेमा लोक सेवा