नायक अर्जुन कपुरलाई कोरोना पुष्टि

एजेन्सी, २१ भदौ । बलिउड अभिनेता अर्जुन कपुरलाई कोरोना संक्रमण पुष्टि भएको भएको भारतीय सञ्चार माध्यम दैनिक भास्करले बताएको छ ।

अर्जुन चाँडै नै यसबारे घोषणा गर्ने तयारीमा रहेको स्रोतले बताएको छ । स्रोतका अनुसार अर्जुनको कोरोना परीक्षणको रिपोर्ट आइतबार बिहान मात्रै आएको हो । अभिनेताले दिउँसो आफ्नो आधिकारिक बयान जारी राख्ने पनि स्रोतले दाबी गरेको छ ।

अर्जुन कपुर निखिल आडवाणीको ब्यानरमा बनेको फिल्मको सुटिङ फिल्मसिटीमा गरिरहेका थिए । त्यहाँ भारत पाकिस्तानको सीमावर्ती इलाकाको सेट बनेको छ । यो विभाजनको नकारात्मक पक्षको प्रेम कथामा आधारित फिल्म हो । अर्जुन कपुरको आधिकारिक बयान आउनुअघि नै भास्करले अर्जुनको टीम र निर्माता निखिल आडवाणीसँग सम्पर्क गरेको तर उनीहरुले आधिकारिक जानकारी दिनुअघि समय माग गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असोज । कर्णाली राजमार्ग अन्तरगत सुर्खेत -जुम्ला सडक खण्डको खल्लागाडमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । कालिकोटबाट

भक्तपुर, १३ असोज । भक्तपुरमा डलर साट्ने भन्दै पाँच लाख लुटपाट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय

काठमाडौँ, १३ असोज । थप १५ सय १३ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ७६ हजार २ सय ५८ जना

काठमाडौँ, १३ असोज । ब्रोइलर कुखुराको चल्लालाई रंग लगाएर लोकल भनेर बिक्री गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी